घण्टेश्वर अनलाईन
टेक्सास, अमेरिका
अमेरिकाको टेक्सासमा रहेका सुदूरपश्चिमेली समुदायले यस बर्षपनि गौरा पर्व धुमाधामका साथ मनाउने भएका छन ।
टेक्सासका बिभिन्न क्षेत्रमा रहेका सुदूरपश्चिमेलीहरु एकै ठाउँमा उपस्थित भएर गौरापर्ब मनाउनका लागि तयारी थालिएको सुदूरपश्चिम नेपाली समाज टेक्सासका अध्यक्ष नवराज योगीले जानकारी दिनु भयो ।
अध्यक्ष योगीका अनुसार आगामी सेप्टेम्बर ४ आईतबारका दिन टेक्सासको अर्भिङमा रहेको पशुपति नाथ तथा बुद्ध मन्दिरमा सुदूरपश्चिमेलीहरु उपस्थित भएर गौरा पर्ब मनाईने छ । गौरा पर्बको अवसरमा सेप्टेम्बर ४ आईतबार बिहान ८ बजे देखि १२ बजे सम्म गौरादेबीको पूजाआजा, १२ बजे देखि डेउडा कार्यक्रम सन्चालन गरिने छ ।
सोही दिन मेरिल्याण्ड राज्यको बालटिमोरमा आयोजना गरिएको अन्तरराज्य भलिवल प्रतियोगितामा प्रथम स्थान हासिल गर्ने सुदूरपश्चिम नेपाली समाजका खेलाडीहरुलाई समेत सम्मान गर्ने कार्यक्रम रहेको अध्यक्ष योगीले बताउनु भयो ।
यसअघि पनि सुदूरपश्चिम नेपाली समाज टेक्सासले सुदूरपश्चिममा मनाईने प्रमुख चाडपर्ब मनाउदै आएको छ । अमेरिकामा जन्मेका, हुर्केका नयाँ पुस्तालाई सुदूरपश्चिमको कला, धर्म, सँस्कृति, पहिचानसँग परिचित गराई सुदूरपश्चिमसँग जोड्नका लागि गौरा पर्ब लगायतका चाडपर्बहरु मनाउन आबश्यक रहेका समाजका पूर्ब अध्यक्ष प्रेमबहादुर शाही बताउनु हुन्छ । अमेरिकामा रहेका नेपालीहरुले बिदाको समय मिलायर नेपाली चाडपर्बहरु मनाउने गर्दछन ।
के हो गौरा पर्ब ?
गौरा पर्ब नेपालको सुदूरपश्चिममा मनाईने एक महत्वपूर्ण मौलिक चाडपर्ब हो । यो हिन्दु धर्मालम्बी सुदूरपश्चिमेलीहरुले मनाउने गर्दछन । यस बर्षको गौरा पर्ब भदौ महिनाको १८ गते अर्थात सेप्टेम्बर ३ मा परेको छ । तर गौरा पर्बको शुरुवात पन्चमीबाट हुने गर्दछ । यो पर्व मुख्यतया नेपालको पश्चिमी भागमा मनाइने भए पनि पहिलो दिन देशभर सार्वजनिक बिदाको रुपमा मनाइन्छ । भगवान शिव र विशेषगरी शिवकी दोस्रो पत्नी देवी गुआरी (पार्वती) को पूजा–आराधना गरी पर्व मनाइन्छ ।
गौराको समयमा विवाहित महिलाहरूले धान लगायत पन्च बिरुवाहरुबाट शिव र ग्वारीको मूर्ति बनाउँछन । महिलाहरूले नयाँ लुगा लगाएर परम्परागत गीत गाउँछन् । महिलाहरू पनि व्रत बस्छन् र गौरीलाई समर्पित असंख्य मन्दिरहरूमा धेरै अनुष्ठानहरू हुन्छन्, जसलाई बिरुडा( पाँच प्रकारका अन्नहरूको मिश्रण) सँग पूजा गरिन्छ ।
त्यसपछि व्रत बस्ने महिलाहरु घर फर्किन्छन् र आफ्ना श्रीमानलाई दीर्घायु र स्वास्थ्यको कामना गर्दै बिरुडाको आशीर्वाद दिन्छन् । देउडा नृत्य उत्सवको एक प्रमुख भाग हो जसमा सहभागीहरूले हात समातेर परम्परागत संगीतमा पाइला चाल्दा घेरा बनाउँछन् ।
किंवदन्ती अनुसार शिवको प्रथम पत्नी, सतीदेवीले जलेको वेदीमा देह त्याग गरेको र गौरीको रूपमा उनको पुनर्जन्मको सम्झनामा पनि यो पर्व मनाइन्छ