घण्टेश्वर अनलाईन
दिपायल
डोटीको दिपायल स्थित राष्ट्रिय वाणिज्य बैंक दिपायल शाखाले जिल्लामै पहिलोपटक क्युआर कोडबाट रकम भुक्तानी दिन थालेको छ । यो सेवा डोटी जिल्लामै पहिलो भएको बताईएको छ ।
राष्ट्रिय वाणिज्य बैंकका सेवाहरुलाई थप गुणस्तरीय र प्रभावकारी बनाउन यो सेवा थप गरिएको शाखा प्रबन्धक गणेशबहादुर बिष्टले जानकारी दिनुभयो । यसबाट राष्ट्रिय वाणिज्य बैंकमा खाता सन्चालन गरेका र मोबाइल बैंकिङ सेवा लिएका ग्राहकहरुलाई सेवा लिन सहजता हुने अपेक्षा गरिएको बैंकले जनाएको छ ।
क्युआर कोडबाट रकम भुक्तानीलिनका लागि चेक नचाहिने तथा मोबाइल बैंकिङ भएका ग्राहकले सिधै बैंकमा आएर आफ्नो मोबाइल बैंकिङबाट क्युआर कोड स्क्यान गरेपछि चाहेको जति रकम झिक्न पाउने शाखा प्रबन्धक बिष्टले जानकारी दिनुभयो ।
एकपटकमा न्यूनतम रु ५०० देखि एक लाखसम्म रकम सम्म ग्राहकले उक्त क्युआर सेवाबाट झिक्न सक्ने छन । उक्त सेवा सन्चालनमा आएपछि ग्राहकलाई थप सहज, झन्झटरहित तथा छिटो तरिकाबाट भुक्तानी तथा पालो कुर्नुपर्ने झन्झट नहुने बैंकले जनाएको छ ।