सुदूरपश्चिम समाज दक्षिण कोरियाले नेपाली समुदायका लागि बित्तीय साक्षरता कक्षा सन्चालन गर्ने

घण्टेश्वर अनलाईन
दक्षिण कोरिया
सुदूरपश्चिम समाज, दक्षिण कोरियाले बित्तीय तथा बैंकिङ्ग विषयमा नेपाली समुदायलाई जानकारी दिने भएको छ ।
नेपाली समुदायलाई सचेतिकरण गर्ने उद्देश्यले यही अप्रिल ६ शनिबारका दिन बित्तीय तथा बैंकिङ्ग बिषयमा अन्तरक्रिया कार्यक्रमको आयोजना गर्न लागिएको सुदूरपश्चिम समाज दक्षिण कोरियाका अध्यक्ष दिलबहादुर मडैले जानकारी दिनु भयो । अध्यक्ष मडैका अनुसार पछिल्लो समय बित्तीय तथा बैंकिङ्ग विषयमा जानकारीको अभावमा नेपाली समुदायले थुप्रै समस्या झेल्नु परेको देखिएकाले बित्तीय साक्षरता कक्षा सन्चालन गर्न लागिएको हो ।
जूम मार्फत सन्चालन हुने उक्त अन्तरक्रिया कार्यक्रममा अनलाईन बैंकिङ्ग तथा शेयर सम्बन्धि, बिद्युतीय कारोवारमा हुने ठगी तथा अपनाउनु पर्ने साबधानी, बैंकिङ्ग कसुर तथा सजाय, सुरक्षित बैंकिङ्ग तथा रेमिट्यान्स लगायतका बिषयमा नेपाली समुदायलाई जानकारी प्रदान गरिने समाजले जनाएको छ ।
अन्तरक्रिया कार्यक्रममा ग्लोवल आईएमई बैंक, दक्षिण कोरियाका प्रमुख ईश्वर धामीले प्रशिक्षण दिने कार्यक्रम तय गरिएको अध्यक्ष मडैले बताउनु भयो । सुदूरपश्चिम समाज, दक्षिण कोरियाले नेपाली समुदायका लागि बिभिन्न जानकारीमूलक तथा सेवामूलक कार्यक्रम सन्चालन गर्दै आएको छ ।

Leave A Reply

Your email address will not be published.