घण्टेश्वर अनलाईन
ड्यालस, टेक्सास
नेपाली समाज टेक्सासले नेपाली समुदायका बिभिन्न अगुवा व्यक्तिहरुलाई सल्लाहकारमा चयन गरेको छ ।
सँस्थालाई अझ सबल, सुदृढ बनाउनका लागि आबश्यक परामर्श लिन सल्लाहकार चयन गरिएको नेपाली समाज टेक्सासका प्रबक्ता किरण पौड्यालले बताउनु भयो ।
नेपाली समाज टेक्सासले दिएको जानकारी अनुसार सल्लाहकारमा मनोनयन गरिएका ब्यक्तित्वहरुमा क्रमस ः ताराप्रसाद भुसाल, डा. उमेश यादव, डा. परशुराम दाहाल, प्रज्ञा लम्साल, रेशम घर्ती, बिनोदकुमार तिवारी, भगवान मैनाली, सुनिता प्रधान, बिनोद कुँईकेल, सहकुल खत्री र कृष्णप्रसाद अर्याल रहनु भएको छ ।