ड्यालसमा महायज्ञ ः भक्तजनको सुबिधाको लागि सटल बसको व्यवस्था

घण्टेश्वर अनलाईन
युलेश, टेक्सास
मँगलबारदेखि ड्यालसको युलेशमा जारी श्रीमद् भागवत ज्ञान महायज्ञ (अध्यात्मिक महोत्सब) मा भक्तजनहरुको सुबिधाको लागि सटल वस सन्चालन गरिएको छ । नेपाली साँस्कृतिक तथा अध्यात्मिक केन्द्र भवन(महायज्ञ) परिसरका अतिरिक्त २ माईल टाढा रहेको बेडफोर्डमा थप पार्किङ्गको व्यवस्था गरि बेडफोर्डबाट महायज्ञ स्थलसम्म सटल बसको व्यवस्था गरिएको नेपाली समाज टेक्सासका प्रबक्ता किरण पौड्यालले जानकारी दिनु भयो ।
प्रबक्ता पौड्यालका अनुसार महायज्ञ परिसरमा रहेको सिमित पार्किङ्ग स्थलमा पहिले पुग्नेले प्रयोग गर्ने भएकाले २ माईल टाढा 1501 Central Drive Bedford 76022 मा रहेको पेनिङ्गटन फिल्डमा पार्किङ्ग गर्न सकिने र सोही स्थानबाट सटल बस मार्फत आउने जाने व्यवस्था मिलाईएको छ भक्तजनहरुको भिड हेरेर कम्तीमा पनि हरेक १५ मिनेटमा आउने जाने व्यवस्था मिलाईएकाले आफुलाई पायक पर्ने समयमा महायज्ञमा सहभागि हुन पौड्यालले आग्रह गरेका छन । महायज्ञ परिसर र बेडफोर्डको पेनिङ्गटन फिल्डमा गरि एकै पटकमा एकहजार एकसय सवारी साधन थेग्न सक्नेगरि सवारी साधन पार्किङ्गको व्यवस्था मिलाईएको आयोजकले जानकारी दिएका छन ।

Leave A Reply

Your email address will not be published.