टेक्सासको ग्लोबल नेपाली पाठशालाबाट ३ सय ४७ विद्यार्थी दीक्षित

घण्टेश्वर अनलाईन
युलेश, टेक्सास
नेपाली समाज टेक्ससद्वारा सन्चालित ग्लोबल नेपाली पाठशालाबाट ३ सय ४७ विद्यार्थी दीक्षित भएका छन ।
ग्लोबल नेपाली पाठशालाद्वारा आईतबार नेपाली साँस्कृतिक तथा अध्यात्मिक केन्द्रको सभाकक्षमा आयोजना गरिएको दीक्षान्त समारोहमा दीक्षित विद्यार्थीहरुलाई प्रमाण पत्र तथा शिक्षकहरुलाई मायाको चिनो वितरण गरिएको     थियो ।
नेपाली समाज टेक्ससका अध्यक्ष राजेन्द्र वाग्लेको अध्यक्षता तथा महासचिब विजय भुसाल र भाईस प्रिन्सिपल ओजेश उप्रेतीको सन्चालनमा सम्पन्न दीक्षान्त समारोहमा युलेस सिटी काउन्सिल सदस्य टीका पौडेल, नेपाली सांस्कृतिक तथा आध्यात्मिक केन्द्रकी अध्यक्ष सीता सापकोटा, प्रिन्सिपल भोजबहादुर बलायर लगायतका बक्ताहरुले दीक्षित विद्यार्थीहरुलाई बधाई तथा र शुभकामना दिनु भएको थियो ।
गत जनवरी २७ बाट शुरु भएको सुरु भएको स्प्रिङ २०२४ शेसनमा युथ लिडरसिपमा ५१, आर्ट एण्ड क्राफ्टमा १७, कोडिङ लेभल टु मा १६, डान्समा ५५, म्याथमा ३५, मेडिटेसनमा १५, नेपाली नेवल वानमा ६७, लेबल टुमा ३८ र लेबल थ्रीमा २१ विद्यार्थीहरु सहभागी भएका थिए ।
दीक्षान्त समारोहमा दीक्षित विद्यार्थीहरुले बिभिन्न प्रतिभाहरु प्रस्तुत गरेका थिए । ग्लोबल नेपाली पाठशालाद्वारा बालबालिकाहरुका लागि समर क्याम्प आउँदो जुलाइ तेस्रो साता र अगष्ट तेस्रो साताबाट फल्स शेसन सेसन सञ्चालन हुने नेपाली समाज टेक्सासका महासचिब विजय भुसालले जानकारी दिनु भयो ।
बिदेशमा जन्मेका र हुर्केका बालबालिकाहरुलाई नेपाली भाषा तथा सँस्कृति तथा व्यक्तित्व बिकास सम्बन्धि ज्ञान सीप प्रदान गर्न ग्लोबल नेपाली पाठशालाले सन्चालन गरिरहेको कक्षाहरु प्रभावकारी देखिएको छ । ग्लोबल नेपाली पाठशालामा स्वयंसेवक शिक्षकहरुले शिक्षण गरिरहेको नेपाली समाज टेक्सासले जनाएको छ ।

Leave A Reply

Your email address will not be published.