टेक्सासको ड्यालसमा बडिमालिका लायन्स क्लब स्थापना

घण्टेश्वर अनलाईन
ड्यालस, टेक्सास
टेक्सासको ड्यालस क्षेत्रमा रहेका अगुवा समाजसेवीहरुले “ड्यालस बडिमालिका लायन्स क्लब” स्थापना गरेका छन ।
प्रवासी नेपाली समुदाय तथा बिभिन्न क्षेत्रमा मानविय तथा रचनात्मक कार्यमा योगदान दिने उद्देश्यले लायन्स क्लब स्थापना गरिएको क्लबका चार्टर अध्यक्ष तारामान धामीले बताउनु भयो ।
चार्टर अध्यक्ष धामीका अनुसार “ड्यालस बडिमालिका लायन्स क्लब” लाई लायन्स क्लब अफ ईन्टरनेश्नलबाट स्वीकृति प्राप्त भईसकेको छ । “ड्यालस बडिमालिका लायन्स क्लब” को चार्टर पदाधिकारीहरुमा चार्टर अध्यक्षमा तारामान धामी, चार्टर सचिबमा शंकर थापा, चार्टर डाईरेक्टरहरुमा डा. भोजबहादुर बलायर, प्रेमबहादुर शाही र गगन केसी रहेका छन । क्लबको गाईडिङ लायनमा डिस्ट्रिक २X१ का क्षेत्रीय अध्यक्ष थलराज पन्त रहनु भएको छ ।
क्लबमा हाल २० जना भन्दा बढी लायनहरु आबद्ध भईसकेका छन । बिभिन्न क्षेत्रमा अनुभव प्राप्त व्यक्तिहरुलाई क्लबमा आबद्ध गराउने योजना रहेको “ड्यालस बडिमालिका लायन्स क्लब” ले जनाएको छ ।
लायन्स क्लब ईन्टरनेश्नल डिस्ट्रिक २X१ अन्तरगत ६५ वटा लायन्स क्लबहरु आबद्ध रहेका छन । लायन्स क्लब ईन्टरनेश्नल डिस्ट्रिक २X१ का डिस्ट्रिक गभर्नर राधाकृष्ण काफ्ले हुनु हुन्छ ।
सन् २००३ मा ड्यालसमा स्थापना भएको ड्यालस एभरेष्ट लायन्स क्लब अमेरिकामा नेपाली समुदायले स्थापना गरेको पहिलो लायन्स क्लब हो ।
ड्यालसमा रहेका लायन्स क्लबहरुले वातावरण, स्वास्थ्य, समुदाय सचेतिकरण, विपदमा सहयोग गर्दै आएका छन ।

Leave A Reply

Your email address will not be published.