घण्टेश्वर अनलाईन
अस्टिन, टेक्सास
टेक्सासको अस्टिनमा आयोजना गरिएको रक्तदान कार्यक्रममा ३२ जनाले रक्तदान गरेका छन । ग्रेटर अस्टिन नेपाली समाज र ब्लड डोनर्स अफ अमेरिका टेक्सासद्वारा पशुपतिनाथ मन्दिरमा अगस्ट ११ का दिन रक्तदान कार्यक्रम आयोजना गरिएको थियो । अस्टिनमा पशुपति नाथ मन्रि निर्माण भईसकेपछि ग्रेटर अस्टिन नेपाली समाजको तर्फबाट पहिलो पटक मन्दिर परिसरमा रक्तदान कार्यक्रम आयोजना गरिएको कार्यक्रमका संयोजक कृष्ण जिसीले बताउनु भयो ।
रगतको अभावलाई कमी हुन नदिन नेपाली समुदायले बिभिन्न समयमा रक्तदान कार्यक्रम आयोजना गर्दै आएका छन ।

