प्रवासी नेपाली मञ्च (ओएनएफ) अमेरिकाको अध्यक्षमा छवि पाण्डे निर्वाचित

घण्टेश्वर अनलाइन
ड्यालस, टेक्सास

प्रवासी नेपाली मञ्च (ओएनएफ) अमेरिकाको चौथो अधिवेशन टेक्सासको ड्यालसमा आइतबार सम्पन्न भएको छ। अधिवेशनले छवि पाण्डेको नेतृत्वमा नयाँ कार्य समिति चयन गरेको हो।

३१ मेदेखि सुरु भएको दुईदिने अधिवेशनमा अध्यक्ष पदका लागि उपाध्यक्ष गोपाल कँडेल, सचिव छवि पाण्डे, र उपसचिव डा. थोमस बास्तोला बीच प्रतिस्पर्धा भएको थियो। निर्वाचनको माध्यमबाट सचिव पाण्डे अध्यक्ष पदमा निर्वाचित भएका हुन्। अध्यक्ष पदबाहेक अन्य सबै पदमा उम्मेदवारहरू निर्विरोध निर्वाचित भएको निर्वाचन समितिले जनाएको छ।

त्यसैगरी, उपाध्यक्ष पदमा डिबी राउत, गोविन्द खनाल, मैयाँ ढुंगाना, र सञ्जयसिंह केसी निर्वाचित भएका छन्। सचिवमा बिजयराज भट्टराई तथा उपसचिवमा विजय बगाले, लोकनारायण थापा, साधना पन्त, र उपेन्द्र राउत निर्वाचित भएका छन्।

सदस्य पदमा निर्वाचित हुनेहरूमा क्रमशः अर्जुन त्रिपाठी, बलभद्र खडायत, विजय बुढा, दीपक सापकोटा, दुर्गा विश्वकर्मा, दुर्गाकुमार आचार्य, गोपी ढुंगाना, प्रकाश बस्नेत, पुन्यवती पाठक, पुरुषोत्तम बराल, श्रीकृष्ण गौतम, सूर्य लिङ्देन, भुवन अधिकारी, शंकर लिङ्देन, र गणेशप्रसाद पौडेल रहेका छन्।

नवनिर्वाचित पदाधिकारीहरूलाई प्रवासी नेपाली मञ्च (ओएनएफ) अन्तर्राष्ट्रिय समितिका अध्यक्ष सञ्जय थापाले प्रमाणपत्र वितरण गर्नु भएको थियो। उक्त अवसरमा नवनिर्वाचित अध्यक्ष छवि पाण्डेले सबै साथीहरूको भावना अनुसार सबैलाई समेटेर काम गर्ने प्रतिबद्धता व्यक्त गर्नु भएको थियो।

Leave A Reply

Your email address will not be published.