टेक्ससको वाकोमा रक्तदान कार्यक्रम सम्पन्न

घण्टेश्वर अनलाईन
ड्यालस, टेक्सस
टेक्ससको वाकोमा आयोजना गरिएको रक्तदान कार्यक्रममा १७ पिन्ट रगत संकलन भएको छ । उक्त रक्तदान कार्यक्रम बिश्व रक्तदाता दिवसको अवसरमा वाको नेपाली समाज टेक्ससले आयोजना गरेको थियो । रक्तदान कार्यक्रमको लागि व्यवस्थापनको लागि ब्लड डोनर्स अफ अमेरिकाको समन्वय र कार्टर ब्लड केयरले सहयोग गरेको थियो । कार्यक्रममा रक्तदान गर्न योग्य १७ जनाले रक्तदान गरेको वाको नेपाली समाजका अगुवा श्रीकृष्ण गौतमले बताउनु भयो ।

 

Leave A Reply

Your email address will not be published.