अमेरिकामा एनआरएनए निर्वाचनः सबै पदाधिकारी निर्विरोध निर्वाचित

घण्टेश्वर अनलाइन
ड्यालस, टेक्सास 

गैरआवासीय नेपाली संघ (एनआरएनए) राष्ट्रिय समन्वय परिषद्, अमेरिकाको आगामी कार्यकालका लागि सबै पदाधिकारीहरू निर्विरोध निर्वाचित भएका छन्।

संघको नयाँ नेतृत्व चयनका लागि तोकिएको निर्वाचन कार्यतालिकाअनुसार यही जुलाई २७ र २८ तारिखमा निर्वाचन गर्ने भनिएको थियो। तर, सबै पदमा एक/एक मात्र उम्मेदवारी परेपछि निर्वाचन आयोगले बुधबार सबै पदाधिकारी सदस्यहरू निर्विरोध निर्वाचित भएको आधिकारिक घोषणा गरेको हो।

निर्वाचन आयोगका अनुसार अधिकांश पदमा एकल उम्मेदवारी परेपनि केही पदमा प्रारम्भमा एकभन्दा बढी उम्मेदवारी परेको थियो। तर, एनआरएनएका अगुवा तथा सरोकारवालाहरूले नयाँ नेतृत्व सर्वसम्मत रूपमा चयन गर्न पहल गरेपछि अन्ततः सबै उम्मेदवार निर्विरोध चयन भएका हुन्।

निर्वाचन आयोगद्वारा सार्वजनिक सूचीअनुसार अध्यक्षमा निवर्तमान वरिष्ठ उपाध्यक्ष विकास उप्रेती निर्वाचित भएका छन्। वरिष्ठ उपाध्यक्षमा प्रेम तामाङ तथा उपाध्यक्षहरूमा क्रमशः दीपक  सापकोटा, दिवाकर  पाण्डे , कुमार तामाङ र थलविर ओली चयन भएका छन्।

महिला उपाध्यक्षमा शान्ति पौड्याल र युवा उपाध्यक्षमा विष्णु प्रसाद पौडेल निर्विरोध निर्वाचित भएका छन्।

त्यस्तै, महासचिवमा रामचन्द्र पन्त, सचिवमा प्रचण्ड श्रेष्ठ, महिला सचिवमा संगीता लामा लामिछाने, कोषाध्यक्षमा कमल ढुंगाना र सह–कोषाध्यक्षमा मनोजकुमार ठगुन्ना निर्वाचित भएका छन्।

महिला संयोजकमा साबित्रा सिवाकोटी र युवा संयोजकमा आशिष सङ्ग्रौला चयन भएका छन्।

आयोगले आधिकारिक रुपमा घोषणा गरेको निर्बाचित पदाधिकारीहरुको सूची

Leave A Reply

Your email address will not be published.