घण्टेश्वर अनलाइन
ड्यालस, टेक्सस
टेक्ससको अस्टिनमा रहेका नेपाली महिलाहरूले यस वर्षको तिजको अवसर पारेर यही अगस्ट १७ तारिखमा तिजको दरखाने कार्यक्रम आयोजना गर्ने भएका छन्।
ग्रेटर अस्टिन नेप्लिज चेम्बर अफ कमर्शले नेपाली चेलीबेटीहरूलाई लक्षित गरी दर खुवाउने कार्यक्रम तय गरेको हो। साउथ अस्टिनको ४८९४ डब्लु अस्टिनस्थित नालाज रेस्टुरेन्टमा आयोजना हुने उक्त कार्यक्रममा दर खाँदै तिजको गीतमा नाचगान गरेर रमाइलो गर्ने कार्यक्रम तय गरिएको छ।
गत आइतबार, ग्रेटर अस्टिन नेप्लिज चेम्बर अफ कमर्शका अध्यक्ष सिपी पौडेलको अध्यक्षतामा सम्पन्न बैठकले तिज कार्यक्रमलाई व्यवस्थित बनाउन चेम्बरकी सदस्य झरना अधिकारीको संयोजकत्वमा एक समिति गठन गरेको छ।
अगस्ट १७ मा आयोजना हुने तिजसहितको दरखाने कार्यक्रममा सहभागी हुन ग्रेटर अस्टिन नेप्लिज चेम्बर अफ कमर्शले अस्टिनवासी नेपाली महिलाहरूलाई हार्दिक अनुरोध गरेको छ।