घण्टेश्वर अनलाईन
ड्यालस टेक्सस
अमेरिकामा रहेका मधेशी समुदायको संस्था अमेरिका मधेशी समाजले आगामी अक्टोबर ११ (शनिबार) मा टेक्सासको ड्यालसमा पाँचौँ महाधिवेशन आयोजना गर्ने भएको छ ।
दशैं–दीपावलीको अवसर पारेर आयोजना गर्न लागिएको उक्त महाधिवेशन The Ace Event Venue, Carrollton, TX मा हुने अध्यक्ष रामबाबु गुप्ताले जानकारी दिनुभयो ।
अमेरिकाका विभिन्न राज्यबाट प्रतिनिधिहरू सहभागी हुने यस महाधिवेशनमा नयाँ नेतृत्व चयन, दशैं–दीपावली तथा छठ पर्वका शुभकामना आदान–प्रदान, सांस्कृतिक प्रस्तुति, आपसी भेटघाट र अन्तरक्रियात्मक कार्यक्रम हुने अध्यक्ष गुप्ताले बताए ।
उनका अनुसार, महाधिवेशनले मधेशी समुदायबीचको एकता सुदृढ गर्न, संस्कृतिको संरक्षण गर्न र समुदायलाई सशक्त बनाउन महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ ।
समाजले सम्पूर्ण सदस्य तथा शुभेच्छुकहरूलाई परिवारसहित कार्यक्रममा उपस्थित भई संस्कृतिको साझा उत्सवमा सहभागी हुन आह्वान गरेको छ ।