घण्टेश्वर अनलाइन
ड्यालस, टेक्सस
टेक्ससको ड्यालसमा पछिल्ला केही दिनयता एकाएक चिसो बढेको छ । यही चिसोको बीचमा यहाँका नेपाली लोकसंगीत प्रेमीहरूलाई तताउन चर्चित लोकगायक राजु परियारसहितको कलाकार टोली ड्यालस पुगेको छ ।
भोलि जनवरी १६, शुक्रबार अर्भिङस्थित भेटघाट रेस्टुरेन्टमा आयोजना हुने ‘लाइभ दोहोरी नाइट’ कार्यक्रममा लोकगायक राजु परियार, लोकप्रिय गायिका शान्ति भण्डारी तथा हास्य–व्यङ्ग्य र दोहोरीका चर्चित सर्जक चन्द्र शर्मालगायतका कलाकारहरूले प्रत्यक्ष प्रस्तुति दिनेछन् ।
कार्यक्रमले ड्यालस तथा आसपासका क्षेत्रमा बसोवास गर्ने नेपाली समुदायलाई नेपाली लोकदोहोरी संगीतको स्वाद दिने अपेक्षा गरिएको छ ।
नेपाली मौलिक लोकसंस्कृति र दोहोरी गीतलाई प्रवासमा प्रवद्र्धन गर्ने उद्देश्यले आयोजना गरिएको उक्त कार्यक्रममा प्रत्यक्ष दोहोरी गीत, लोकभाका तथा दर्शकसँगको अन्तरक्रियात्मक प्रस्तुति रहने आयोजकले जनाएका छन् ।
कार्यक्रम चहल पहल प्रोडक्सनद्वारा प्रस्तुत गरिएको हो भने कोसेली कोलोराडो यूएस टुर पार्टनर रहेको छ । यस कार्यक्रमको मिडिया पार्टनरका रूपमा रिपोर्टर्स क्लब अमेरिका रहेको छ ।
आयोजकले ड्यालस तथा आसपासका क्षेत्रमा बसोवास गर्ने सम्पूर्ण नेपाली समुदायलाई कार्यक्रममा उपस्थित भई नेपाली लोकदोहोरी संगीतको प्रत्यक्ष आनन्द लिन हार्दिक निमन्त्रण गरेका छन् ।