सुदूरपश्चिम समाज मेरिल्यान्डमा नयाँ नेतृत्व चयन

घण्टेश्वर अनलाइन
मेरिल्यान्ड, अमेरिका

अमेरिकाको मेरिल्यान्ड राज्यमा बसोबास गर्ने सुदूरपश्चिमेली नेपालीहरूको साझा संस्था सुदूरपश्चिम समाज मेरिल्यान्ड (Far-Western Nepalese Society–FWNS) ले सन् २०२६–२०२८ कार्यकालका लागि नयाँ नेतृत्व चयन गरेको छ।

आइतबार सम्पन्न समाजको वार्षिक साधारणसभाबाट यज्ञबहादुर राणा अध्यक्षमा निर्वाचित भएका छन्। समाजले आफ्नो आधिकारिक सामाजिक सञ्जालमार्फत नयाँ कार्यसमितिको घोषणा गरेको हो।

नवनिर्वाचित कार्यसमितिको उपाध्यक्षमा गणेश भट्टराई, महासचिवमा हंसा भट्ट, सचिवमा विश्व जैसी तथा कोषाध्यक्षमा सलीना रिमाल निर्वाचित भएका छन्।

त्यसैगरी, कार्यसमिति सदस्यहरूमा टेक कटुवाल, योगेन्द्र चन्द, केदार विक्रम शाही, रक्षा बानियाँ, सम्झना रावत, शंकरी खड्का, सञ्जु बी.के., निश्चल शाह, दीपक भारती तथा भीम कुँवर निर्वाचित भएको समाजले जनाएको छ।

Leave A Reply

Your email address will not be published.