घण्टेश्वर अनलाइन
ड्यालस, टेक्सस
अमेरिकामा रहेका नेपाली रक्तदाताहरूले नेपालका भोटेकोशी बाढीपीडितको राहत तथा पुनःस्थापनाका लागि आर्थिक सहयोग गरेका छन् ।
ब्लड डोनर्स अफ अमेरिका (बीडीए) ले आफ्ना सदस्यहरूबाट संकलन गरेको ८ हजार ५ सय २२ अमेरिकी डलर प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा पठाएको वरिष्ठ उपाध्यक्ष टीका पौडेलले जानकारी दिनुभयो ।
वरिष्ठ उपाध्यक्ष पौडेलका अनुसार ब्लड डोनर्स अफ अमेरिका (बीडिए) को न्यूयोर्क च्याप्टरले १ हजार ३ सय डलर, मेरिल्यान्ड च्याप्टरले १ हजार १ सय डलर र फ्लोरिडा च्याप्टरले ३ हजार डलर सहयोग गरेका छन् । यी तीन च्याप्टरबाट मात्रै ५ हजार ४ सय अमेरिकी डलर संकलन गरि छुट्टा छुट्टै नेपाल सरकारलाई पठाएका छन ।
प्राकृतिक विपद्का कारण प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनामा सहयोग पु¥याउने उद्देश्यले सहयोग गरिएको बिडिएले जनाएको छ ।
ब्लड डोनर्स अफ अमेरिका नैपाली रक्तदाताहरुले स्थापना गरेको बिशुद्ध सामाजिक संस्था हो । यो संस्था ले अमेरिकामा नेपाली समुदायलगायत विभिन्न समुदायबीच रक्तदानका माध्यमबाट मानवीय सेवा गर्दै आएको छ ।
