ड्यालसकोे अर्भिङमा भोली आईतबार नेपाली चलचित्र ‘प्रेम अध्याय’ प्रदर्शन हुँदै

घण्टेश्वर अनलाइन
ड्यालस, टेक्सस।

अमेरिकाको टेक्सस राज्यस्थित ड्यालसको अर्भिङमा  भोली आइतबार नेपाली कथानक चलचित्र ‘प्रेम अध्याय’ को विशेष प्रदर्शन हुने भएको छ। नेपालको चितवन जिल्लाका विभिन्न स्थानमा छायांकन गरिएको उक्त चलचित्र नोभेम्बर १५ तारिख आइतबार दिउँसो १ः३० बजे अर्भिङ मलस्थित एएमसी थिएटरको अडिटोरियम नम्बर ८ मा प्रदर्शन हुन लागेको हो।

चलचित्रको विशेष प्रदर्शनमा सहभागी हुन नेपाली चलचित्र क्षेत्रका चर्चित अभिनेता सरोज खनाल र वरिष्ठ अभिनेता मुकुन्द श्रेष्ठ पनि ड्यालस आइपुगेका छन्। उनीहरूको उपस्थितिले स्थानीय नेपाली चलचित्रप्रेमी दर्शकलाई कलाकारहरूसँग प्रत्यक्ष भेटघाट तथा अन्तरक्रिया गर्ने अवसर प्रदान गर्ने अपेक्षा गरिएको छ।

प्रेमकथा र एक्सनलाई मुख्य विषयवस्तु बनाइएको चलचित्र ‘प्रेम अध्याय’ का लेखक तथा निर्देशक किशोर चौधरी हुन् भने किरण चौधरी निर्माता रहेका छन्। चलचित्रको छायांकन विष्णु परियारले गरेका छन्। त्यसैगरी, निर्माण नियन्त्रकको जिम्मेवारी मेसमान श्रेष्ठ र प्रणवले सम्हालेका छन्।

प्रेम, भावना, मानवीय सम्बन्ध तथा जीवनका विभिन्न उतारचढावलाई मनोरञ्जनात्मक ढङ्गले प्रस्तुत गरिएको यस चलचित्रले दर्शकलाई प्रेमकथा र एक्सनको मिश्रित स्वाद दिने निर्माण पक्षको विश्वास छ। अमेरिकामा बसोबास गर्ने नेपाली समुदायमाझ नेपाली चलचित्रको प्रवर्द्धन गर्नुका साथै नेपाली कला, संस्कृति र चलचित्र उद्योगलाई प्रोत्साहन गर्ने उद्देश्यले विशेष प्रदर्शन आयोजना गरिएको आयोजकले बताएका छन्।

चलचित्रको टिकट मूल्य प्रतिव्यक्ति २० अमेरिकी डलर निर्धारण गरिएको छ। आयोजकले ड्यालस, फोर्टवर्थ, अर्भिङ तथा आसपासका क्षेत्रमा बसोबास गर्ने सम्पूर्ण नेपाली समुदायलाई कार्यक्रममा सहभागी भई चलचित्र हेर्न तथा नेपाली कला र चलचित्र क्षेत्रलाई माया, साथ र समर्थन गर्न आग्रह गरेका छन्।

Leave A Reply

Your email address will not be published.