घण्टेश्वर अनलाईन
ड्यालस, टेक्सास
नेपाली काँग्रेसका प्रभावशाली नेता तथा महाधिबेशन प्रतिनिधि हरिबोल भण्डारीले पार्टी सभापति शेरबहादुर देउवाले पार्टीको बैठक लाईभ (प्रत्यक्ष प्रसारण) गर्ने भनि गरेको निर्णय प्रति असन्तुष्टी जनाएका छन ।
टेक्सासको ड्यालसबाट आज सामाजिक सन्जालमा एक स्टाटस लेख्दै महाधिबेशन प्रतिनिधि भण्डारीले पार्टी सन्चालनका सन्दर्भमा पार्टी नेतृत्व प्रति दर्जनौं बिमति रहेका रहेका छन । कतिपय सन्दर्भमा बैठकमा निर्मम भएर आलोचना पनि हुन सक्छ । त्यसैले पार्टीको आन्तरिक बैठक लाईभ गर्ने निर्णय फिर्ता लिन आग्रह गरेका छन । नेपाली काँग्रेस क्याडर बेश पार्र्टी होईन, मास बेश पार्र्टी भएकाले पार्टीका हरेक निर्णय र गतिबिधिहरु आफैमा पारदर्शी हुने भएकाले पार्टीलाई पारदर्शी देखाउन शरीरका रौं हरुपनि देखाउन जरुरी नभएको भण्डारीले प्रष्ट पारेका छन ।
पार्टी सभापति तथा महामन्त्रीलाई सम्बोधन गरि लेखिएको स्टाटसमा पार्टी गतिबिधिहरु प्राय ः ठप्प हुँदा नेता तथा कनर्यकर्तामा निराशा छाएको, पार्टीले समय सापेक्ष निर्णय गर्न नसकेको, पार्टी सत्तामा भएपनि माओवादीको सहयोगीको रुपमा रहेको बताउदै भण्डारीले बैठक लाईभ भन्दा पनि पार्टी सन्चालनका क्रममा रहेका सहमति तथा बिमतिका बारेमा बहस, छलफल चलाई ठोस निष्कर्षमा पुग्नु पर्ने आबश्यकता औंल्याएका छन ।
पार्टी अहिलेको अवस्थामा रहने हो भने झन कमजोेर बन्ने कुरामा सचेत गराउँदै महाधिबेशन प्रतिनिधि भण्डारीले बि.सं. २०८४ मा पार्टीलाई बलियो बनाउने हो भने अहिले देखि नै समिक्षा गरेर ठोस योजना बनाउनु पर्ने सुझाव रहेको छ ।
भण्डारीले सामाजिक सन्जालमा लेख्नु भएको स्टाटस
जय नेपाल !
आदरणीय पार्टी सभापति/महामन्त्री ज्यू हरु!
सभापति तथा महामन्त्री ज्यू ! नेपाली कांग्रेस पार्टीको आन्तरिक जीवनमा मलाई लाग्छ हामी यतिबेला कठिन मोडमा उभिएका छौं ! लामो तथा गर्विलो इतिहास बोकेको पार्टी यति बेला द्रुततर बिकास र समय सापेक्ष निर्णय गरी सोही अनुसारको दिशा समात्न नसक्दा हामी कठिन मोडमा उभिएका हौं भन्ने मेरा ठम्याई छ ! यदि अहिलेकै अवस्थामा यही शैलीमा हामी चल्ने हो भने पक्कै पनि थप जटिल घुम्तिहरु नआउलान भन्न सकिन्न् !
म सुन्दैछु मिशन २०८४ ! के हामी मिशन २०८४ भनेर त्यो बेलासम्म हात पट्टाएर बस्ने हो त ? ! पक्कै होईन् ! प्रत्येक मिनेट हाम्रालागि महत्वपूर्ण छन् ! २०८४ मा यदि कांग्रेसलाई बलियो र शक्तिशाली कांग्रेस बनाउने हो भने हामीले समयसापेक्ष निर्णय, सोही अनुसारको सुधार र आत्मालोचना गर्नु अत्यावश्यक छ !
पछिल्लो समय पार्टीको आन्तरिक बैठक लाइभ गर्ने कुरा सुनिएको छ ! पार्टी भित्र थुप्रै बिमतिहरु हुन्छन् ! पार्टी नेतृत्वको आलोचना निर्मम भएर गर्न सकिन्छ, त्यो पार्टी कल्चर पनि हो ! तर यसो भन्दैमा सबै कुरा खुलाएर देखाउनु पर्छ भन्ने छैन् ! कांग्रेस क्याडर बेश पार्टी होईन्, मास बेश पार्टीका हरेक निर्णय र गतिविधि पारदर्शी हुन्छन्, त्यो भन्दैमा हामीले शरिरका रौंहरु समेत देखाउनु पर्छ भन्ने जरुरी हुन्न !
यस बारेमा पार्टी सभापति, महामन्त्री तथा सिंगो पार्टी नेतृत्वले गम्भिर भएर सोच्नेछ भन्ने पूर्ण आशा गरेको छु ! हाम्रा बिमति र सहमतिबारे जमेर बहस, छलफल चलाऔं तर एउटा परिधिभित्र रहेर, त्यसो हुदा हामीले अनुशासनको पनि पालना गरेका हुनेछौं !
साथै पार्टीका उपसभापति आदरणीय पूर्णबहादुर खड्का ज्यू, Purna Bahadur Khadka Dhan Raj Gurung
मलाई लाग्छ हामी गठबन्धनकै सरकारमा छौं ! तर पछिल्ला गतिबिधी हेर्दा हामी माओवादीको सहयोगी मात्रै बनिरहेका छौं ! हामीले मिशन २०८४ भनिरहंदा सरकारमा अहिले पार्टीले खेलेको भूमिका पनि त्यतिनै महत्वपूर्ण हुन्छ ! यसर्थ सिंगो पार्टी नेतृत्व र उपसभापति ज्यूले यस तर्फपनि बिशेष ध्यान दिनु हुनेछ भन्नेमा आशावादी छु !
बिगत गर्विलो थियो र भविश्य सुन्दर बनाउन, सुन्दर ढंगले सोच्न र सहि दिशामा हिड्नु अहिलेको अपरिहार्य निर्णय हुनेछ ! नेपालीकांग्रेस को अधिवेशन मा झिनो मत ले पछाडी परेको म यत्ति ध्यानाकर्षण गराउन चाहन्छु !
जय नेपाल
हरिबोल भण्डारी
महाधिबेसन प्रतिनिधि
नेपाली कांग्रेस !