डा. भोज बलायरको राष्ट्रभक्ति झल्काउने गीत युटुब मार्फत सार्बजनिक

घण्टेश्वर अनलाईन
ड्यालस टेक्सास
टेक्सासको ड्यालस निवासी डा. भोजबहादुर बलायरद्वारा रचना गरिएको राष्ट्रभक्ति झल्काउने “एक पटकको नेपाली” गीतको म्युजिक भिडियो युटुव मार्फत सार्बजनिक भएको छ । प्रवासमा जन्मेका र हुर्केका दोश्रो पुस्ताका नेपालीहरुलाई मातृभूमिसँग जोड्न उत्प्रेरित गर्ने उद्देश्यले म्युजिक भिडियो उत्पादन गरिएको हो ।
उक्त गीतमा एक पटकको नेपाली सधैको नेपाली भन्ने सन्देश दिन खोजिएको छ । प्रवासमा जन्मेका र हुर्केका दोश्रो पुस्ताका नेपालीहरुलाई नेपाल चिनाउन आबश्यक रहेकाले यो गीत उपयोगी हुने बिश्वास गरिएको डा. बलायरले बताउनु भयो ।
एक पटकको नेपाली सधैको नेपाली भन्ने बिषय बिगत लामो समय देखि उठेको हो । यो विषयलाई पहिलो पुस्तामा मात्र होईन, प्रवासमा जन्मेका र हुर्केका दोश्रो पुस्ता सम्म पनि बहस र छलफलको बिषय बनाउन जरुरी भई सकेको डा. बलायरको धारणा रहेको छ ।
डा. बलायरका अनुसार प्रस्तुत गीत ग्लोबल नेपाली पाठशाला लगायत प्रवासमा सन्चालित नेपाली पाठशालाहरुमा शिक्षणका क्रममा उपयोगी हुने बिश्वास गरिएको छ ।
“एक पटकको नेपाली” गीतको म्युजिक भिडियो नेपाल र अमेरिकामा छायाँकन गरिएको हो । गीतमा संगीत तथा स्वर व्यासाचार्य भुवन गुरुले भर्नु भएको छ भने एरेन्जर बिष्णु तामाङ्गले गर्नु भएको छ । म्युजिक भिडियोमा व्यासाचार्य भुवन गुरु, बाल कलाकार अभिषेक घिमिरे र आयुस घिमिरे लगायतले अभिनय गरेका छन । म्युजिक भिडियोको छायांकन काठमाण्डौंमा युंका स्टुडियो प्रा.लि र अमेरिकामा किरण पौड्यालले गर्नु भएको हो । म्युजिक भिडियो उत्पादनमा नेपाली समाज टेक्सास, नेपाली साँस्कृतिक तथा अध्यात्मिक केन्द्र र नेपाली पन्चेबाजा समूह टेक्सास तथा सुदूरपश्चिम नेपाली समाज टेक्सासका पूर्ब अध्यक्ष भक्तबहादुर भण्डारीको सहयोग रहेको छ ।

Leave A Reply

Your email address will not be published.