घण्टेश्वर अनलाइन
न्यूयोर्क, अमेरिका
अमेरिकाको न्यूयोर्कमा बसोबास गर्दै आएका सुदूरपश्चिमेलीहरूको साझा संस्था सुदूरपश्चिम समाज अमेरिका, न्यूयोर्कको नयाँ नेतृत्व चयन गरिएको छ। समाजको शनिबार सम्पन्न साधारण सभाबाट नविन कुमार ओझाको अध्यक्षतामा आगामी दुई वर्षका लागि १५ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत रूपमा चयन गरिएको हो।
नव निर्वाचित पदाधिकारीहरूमा वरिष्ठ उपाध्यक्षमा रैभान महरा, उपाध्यक्षमा सविन चन्द, महासचिवमा गणेश बिष्ट, सचिवमा चक्रसिंह रावल, कोषाध्यक्षमा सुनी गुरुङ तथा सह–कोषाध्यक्षमा टेक साउँद चयन भएका छन्।
यसैगरी, सदस्यहरूमा क्रमशः भरतसिंह खड्का, डम्बर खत्री, ललित चन्द, किसन चौहान, चन्द्रशेखर भट्ट, मनोज कुँबर, सविता वम र बलभद्र खडायत चयन भएका छन्।