घण्टेश्वर अनलाईन
काठमाण्डौं
बिभिन्न देशमा रिक्त रहेका राजदूत नियुक्त गर्न मन्त्रिपरिषद्ले २० जनाको नाम सिफारिस गर्ने निर्णय गरेको छ । मन्त्रिपरिषदको बिहिवार सम्पन्न बैठकले कूटनीतिक नियोगहरूका लागि राजदूत सिफारिस गर्ने निर्णय गरेको हो । बैठकले सिफारिस गरेकाहरु मध्य आठ जना परराष्ट्र सेवाका र १२ जना राजनीतिज्ञ गरी २० जना रहेका छन ।
स्थानीय तहका लागि निर्वाचन आयोगले आचार संहिता लागू गर्ने तयारी गरिरहँदा मन्त्रिपरिषद् बैठकले नियुक्तिको निर्णय गरेको हो । सरकारले सिफारिस गरेका राजदूतहरुको संसदीय सुनुवाइ सकिएपछि राष्ट्रपतिले मनोनित गर्ने व्यवस्था रहेको छ ।
निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओली सरकारले नियुक्त गरेका राजदूतहरूलाई फिर्ता बोलाउने निर्णय सरकारले गरेको थियो । त्यसपछि सरकारले राजदूत सिफारिस गर्न सकेको थिएन ।
सरकारद्वारा २० देशका लागि राजदूत नियुक्त गर्न सिफारिस गरिएका ब्यक्तिहरु
विष्णुपुकार श्रेष्ठ –चीन
दानबहादुर तामाङ – दक्षिण अफ्रिका
शर्मिला पराजुली ढकाल –स्पेन
बासुदेव मिश्र – श्रीलङ्का
मिलन तुलाधर –रूस
डिल्लीराज पौडेल –मलेसिया
शान्ता रिजाल – इजरायल
नवराज सुवेदी –साउदी
घनश्याम बन्जाडे –बङ्गलादेश
दुर्गाबहादुर सुवेदी –जापान
निर्मलराज काफ्ले – ब्राजिल
भरतकुमार रेग्मी –अस्ट्रिया
सुशीलकुमार लम्साल – इजिप्ट
कैलाश पोखरेल – अस्ट्रेलिया
डिल्लीराज पौडेल –कतार
ज्योति प्याकुरेल –दक्षिण कोरिया
रामसुरज राय यादव – डेनमार्क
डोरनाथ अर्याल
तिर्थराज वाग्ले
हरिशचन्द्र घिमिरे