यस्तो वन्यो पाँच दलिय गठबन्धनको स्थानीय निर्बाचनमा तालमेलको मापदण्ड

घण्टेश्वर अनलाईन
काठमाण्डौं
आगामी वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा तालमेलका लागि केन्द्रीय स्तरको संयन्त्रले स्थानीय स्तरको संयन्त्रलाई मिति नै तोकेर जिम्मेवारी दिएको छ ।
सत्ता गठबन्धनको उच्चस्तरीय राजनीतिक संयन्त्रको मँगलबार सम्पन्न बैठकले तल्ला संयन्त्रलाई मिति नै तोकेर जिम्मेवारी दिएको हो ।
प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको अध्यक्षतामा बसेको बैठकको निणर्य अनुसार महानगरपालिका र उपमहानगरपालिका प्रमुख र उपप्रमुखको सिट बाँडफाँडको निणर्य पाँच दलीय गठबन्धनको केन्द्रीय संयन्त्रले गर्नेछ । नगरपालिका र गाउँपालिकाको हकमा भने बाँडफाँटको आवश्यक निणर्य गरी वैशाख ३ गतेभित्र जिल्ला संयन्त्रले प्रदेशलाई सिफारिस गर्ने र प्रदेश संयन्त्रले निणर्य गरी वैशाख ५ गतेभित्र केन्द्रलाई पठाउने भनिएको छ ।
सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीका अनुसार, पाँच दलीय गठनबन्धनका बीच २०७९ वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा सिट बाँडफाँट गर्दा निम्नानुसार मापदण्डको आधारमा सिट बाँडफाँट गरिने छ ।
१. महानगरपालिका र उपमहानगरपालिका प्रमुख र उपप्रमुखको सिट बाँडफाँडको निणर्य पाँच दलीय गठबन्धनको केन्द्रीय संयन्त्रले गर्ने ।
२. नगरपालिका र गाउँपालिकाको क्रमशः प्रमुख, उपप्रमुख, अध्यक्ष र उपाध्यक्षको तालमेल सम्बन्धी सिट बाँडफाँटको आवश्यक निणर्य गरी वैशाख ३ गतेभित्र जिल्ला संयन्त्रले प्रदेशलाई सिफारिस गर्ने र प्रदेश संयन्त्रले निणर्य गरी वैशाख ५ गतेभित्र केन्द्रलाई पठाउने ।
३. महानगरपालिका, उपमहानगरपालिका, नगरपालिका र गाउँपालिकाका वडाध्यक्ष तथा सदस्यहरूको सिट बाँडफाँटको निणर्य जिल्ला संयन्त्रले वैशाख ३ गतेभित्र टुंगो लगाउने।

४. प्रदेश तथा जिल्ला संयन्त्रमा प्रत्येक दलको प्रमुख सहित दुईदुई जना प्रतिनिधि रहने ।
५. प्रत्येक तहको संयन्त्रमा निणर्य लिनका लागि सम्बन्धित पार्टीले आ-आफ्नो आवश्यकता अनुसार प्रतिनिधि आमन्त्रण गर्न सक्नेछ ।
६. सबै तहको बैठकको संयोजन नेपाली कांग्रेसका सम्बन्धित तहका सभापतिले गर्ने ।
सत्ता गठबन्धनले तय गरेका तालमेलका सात आधारहरु
१. २०७४ को स्थानीय तहको निर्वाचनमा प्रमुख पदमा विजयी नेकपा एकीकृत समाजवादी कायम रहेका जनप्रतिनिधिहरुलाई त्यसै अनुसार मान्ने ।
२. २०७४ को निर्वाचनमा दलका उम्मेदवारहरुले पालिका, वडामा प्राप्त मतको मतभार ।
३. २०७४ को स्थानीय निर्वाचनमा विजय प्राप्त गरेको नभए तापनि स्थानीय तहमा उपस्थितिलाई यथाशक्य गठबन्धनभित्र अन्य दललाई पनि सहभागी गराउने ।
४. २०७४ को निर्वाचनमा गठबन्धन बाहेकका दल विजयी स्थानमा गठबन्धनभित्रका दलहरुले उक्त निर्वाचनमा प्रमुख पदमा प्राप्त मतलाई आधार बनाउने। यसको साथै उक्त तहमा दलका उम्मेदवारले प्राप्त गरेको मतभारलाई पनि आधार बनाउने ।
५. नेकपा एकीकृत समाजवादीले २०७४ को निर्वाचनमा उक्त पार्टीको रुपमा सहभागी नभएको हुँदा माथि बुँदा नम्बर ४ मा उल्लेखित आधारहरुले मात्र नहुने र उक्त पार्टी नेकपा एमाले विभाजन भएर बनेको मुख्य शक्ति भएको यथार्थलाई मनन   गर्ने ।
६. गठबन्धन रहेका दलहरुबीच सिट बाँडफाँट गर्दा माथि उल्लेखित आधारहरुका अतिरिक्त वर्तमान समयमा गठबन्धनका दलहरुका संगठनात्मक अवस्था र जनसमर्थनलाई पनि महत्वका साथ ध्यान दिने ।

७. गठबन्धनभित्र रहेका दलहरुबीच मात्र चुनावी तालमेल गर्न पाउने ।

Leave A Reply

Your email address will not be published.