यस्तो बन्यो महानगर र उपमहानगर पालिकामा चुनावी गठबन्धन

घण्टेश्वर अनलाईन
काठमाण्डौं
लामो कसरतपछि सत्तारुढ गठबन्धनमा आवद्ध दलहरुले महानगर तथा उपमहानगरपालिकाको भागबण्डा टुंगो लगाएका छन ्। प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको अध्यक्षतामा बुधबार बसेको गठबन्धनका शीर्ष नेताको बैठकले सो सहमति गरेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

गठबन्धन दलका शीर्ष नेताहरुले भागवण्डा टुँगो लगाई सहमति पत्रमा हस्ताक्षर गरि सार्बजनिक गरेका छन । पाँचदलीय गठबन्धनले यसअघि जारी गरेको मापदण्ड, सहमतिको मर्म र भावनाअनुरुप सम्बन्धित समितिहरुको बैठक बसी अविलम्ब सिट बाँडफाँट तथा उम्मेदवारहरुको चयन गर्न निर्देश गरेको छ ।साथै, सहमति बन्न नसकेको अवस्थामा पाँच दलीय गठबन्धन भित्रै मित्रवत् प्रतिस्पर्धा गर्न सकिनेसमेत समझदारी भएको छ ।

llc

सत्ता गठबन्धनमा आबद्ध दलहरु बिचमा भागबण्डा मिलेपनि दलहरु बिचमा आकाँक्षीहरुको सँख्या धेरै भएकाले उम्मेदवार चयन गर्न सकस हुने देखिएको छ । भागवण्डाको सहमति अनुसार सुदूरपश्चिमको एक मात्र उपमहानगरपालिका धनगढीको प्रमुखमा नेपाली काँग्रेस र उप प्रमुखमा नेकपा(माओवादी केन्द्र) को भागमा परेको छ ।
धनगढी उप महानगरपालिकामा मेयर पदमा नेपाली काँग्रेसबाट अहिलेका मेयर नृपबहादुर वड, नेता कृष्णबहादुर महरा, पूर्ण कुँवर, हरिश खड्का, यज्ञराज उपाध्याय, जाग्रिती बोगटी र लक्ष्मीदत्त भट्टले मेयरका लागि दावी सहित आवेदन दिएका छन ्। नेकपा (माओवादी केन्द्र) को भागमा उपमेयर भाग परेपनि सो पार्टीले सअहिले सम्म नाम सार्बजनिक गरेको छैन । तर मेयर पदमा भने माओवादी केन्द्रले शान्ति अधिकारीको नाम सिफारिस गरेको बताईएको छ ।

Leave A Reply

Your email address will not be published.