अब हप्तामा दुई दिन सार्बजनिक बिदा दिईने

घण्टेश्वर अनलाईन
काठमाण्डौं
सरकारले हप्तामा दुई दिन सार्बजनिक बिदा दिने भएको छ । लामो समय देखि बहस हुँदै आएको हप्तामा दुई दिन सार्बजनिक बिदा दिने निर्णय आगामी जेष्ठ १ गते देखि कार्यान्वयनमा आउन लागेको हो । मन्त्रिपरिषदको मँगलबार बसेको बैठकले शनिबार र आइतबार दुई दिन सार्वजनिक विदा दिने निर्णय भएको सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिनु भयो ।
‘हाललाई परीक्षणको रुपमा २०७९ जेठ १ गतेदेखि लागू हुने गरी विहान ९:३० साँझ ५:३० बजे कार्यालय समय कायम गर्ने र शनिबार र आइतबार सातामा दुई दिन सार्वजनिक विदा दिने’ मन्त्रिपरिषदको निर्णयमा भनिएको छ ।

Leave A Reply

Your email address will not be published.