स्थानीय तह निर्बाचनमा परिचय खुल्ने कागजातबाट पनि मतदान गर्न पाईने

घण्टेश्वर अनलाईन
काठमाण्डौं
मतदाता परिचय पत्र हराएका मतदाताहरुले स्थानीय तह निर्बाचनमा परिचय खुल्ने कागजातबाट पनि मतदान गर्न पाउने भएका छन  । निर्वाचन आयोगले मतदाताको परिचय खुल्ने कागजातबाट पनि मतदान गर्न पाउने व्यवस्था गरिएको जनाएको छ ।
स्थानीय तह निर्वाचनका लागि आयोगबाट प्रकाशित अन्तिम मतदाता नामावलीमा नाम भएका मतदाताले परिचय खुल्ने कागजातबाट मतदान गर्न पाउने निर्णय भएको आयोगका प्रबक्ता शालिग्राम पौडेलले बिज्ञप्ती मार्फत जानकारी दिनु भएको छ ।

‘स्थानीय तह निर्वाचनका लागि आयोगबाट प्रकाशित अन्तिम मतदाता नामावलीमा नाम समावेश भएका मतदाताले आयोगबाट जारी भएको मतदाता परिचयपत्र वा नेपाली नागरिकताको प्रमाणपत्र वा राष्ट्रिय परिचयपत्र वा राहदानी वा जग्गाधनी पूर्जाको सक्कल प्रमाणका आधारमा अन्तिम मतदाता नामावली विवरणसँग भिडाई एकीन गरी मतदान गर्न पाउने व्यवस्था गर्न सम्बन्धित निर्वाचन अधिकृतलाई निर्देशन पठाइ सकिएको छ’ आयोगको विज्ञप्तीमा भनिएको छ ।

Leave A Reply

Your email address will not be published.