डोटीको जोरायललाई साक्षर गाउँपालिका घोषणा

All time tax

घण्टेश्वर अनलाईन
जोरायल
डोटीको जोरायललाई साक्षर गाउँपालिका घोषणा गरिएको छ । बुधवार जोरायलमा आयोजना गरिएको एक समारोहका बिचमा जोरायल गाउँपालिकाका अध्यक्ष दुर्गादत्त ओझाले जोरायल गाउँपालिकालाई साक्षर गाउँपालिका घोषणा गर्नु भयो । जोरायल गाउँपालिकाका ६ वटै वडाका १५ देखि ६० वर्ष उमेर समूहका ९७.१० प्रतिशत ब्यक्तिहरु साक्षर भएको पाईएपछि गाउँपालिकालाई साक्षर घोषणा गरिएको जोरायल गाउँपालिकाका शिक्षा अधिकृत तेजबहादुर खत्रीले जानकारी दिनु भयो ।
जोरायल गाउँपालिकालाई साक्षर गाउँपालिका घोषणा गर्ने अभियान बिगत लामो समय देखि सन्चालन गरिएको थियो । अभियानका क्रममा वडा नं. १ लाई २०७५ असार २ गते, वडा नं. ६ लाई २०७६ असार ५ गते, वडा नं. ३ लाई २०७९ असार ५ गते, वडा नं. ५ लाई २०७९ असार १८ गते र वडा नं. ४ लाई २०७९ असार २० गते र वडा नं. २ लाई २०७५ जेठ २६ गते साक्षर वडा घोषणा गरिएको थियो ।
जोरायल गाउँपालिकालाई साक्षर घोषणा गर्न सहयोग गर्ने गाउँपालिकाको शिक्षा, युवा तथा खेलकुद शाखा, सामुदायिक सिकाई केन्द्रहरु, सामुदायिक विकास मञ्च डोटी, युनिसेफ नेपाल लगाएत सबैलाई गाउँपालिकाले कार्यक्रममा धन्यवाद दिएको थियो ।

जोरायल गाउँपालिकालाई साक्षर गाउँपालिका घोषणा गर्दै जोरायल गाउँपालिकाका अध्यक्ष दुर्गादत्त ओझाले गाउँपालिकाले नागरिकको चेतना अभिबृद्धि गर्नको लागि महत्व दिएको बताउदै यसको लागि सबैको सहयोगको आबश्यक रहेको बताउनु भयो ।
जोरायल गाउँपालिकालाई साक्षर घोषणा गर्ने अभियान एक खुट्किलो भएको बताउदै अध्यक्ष ओझाले गाउँपालिकालाई पूर्ण साक्षर गाउँपालिका बनाउन अभियानलाई निरन्तरता दिईने प्रतिबद्धता ब्यक्त गर्नु भयो ।
घोषणा कार्यक्रममा बोल्दै जोरायल गाउँपालिका उपाध्यक्ष जमुना बोहराले हाल जोरायल गाउँपालिकामा ९७.१० प्रतिशत ब्यक्तिहरु साक्षर भएको आधारमा साक्षर गाउँपालिका घोषणा गरिएको बताउदै शतप्रतिशत साक्षर बनाउन सबैले सहयोग गर्नु पर्ने खाँचो औंल्याउनु भयो ।

साक्षर गाउँपालिका घोषणा कार्यक्रममा जोरायल गाउँपालिका शिक्षा, युवा तथा खेलकुद शाखा प्रमूख तेजबहादुर खत्रीले साक्षर गाउँपालिका घोषणाका लागि आवश्यक १२ वटा सूचक सहितको तथ्याँकको बारेमा जानकारी दिदै साक्षर घोषणाका लागि सहयोग गर्ने सबैलाई धन्यवाद दिनु भएको थियो ।

Leave A Reply

Your email address will not be published.