अमेरिकाको टेक्सासमा बृहत तिज कार्यक्रम आयोजना हुने

घण्टेश्वर अनलाईन
टेक्सास
नेपाली समुदायको अत्यधिक बसोबास रहेको अमेरिकाको टेक्सासमा यही अगस्ट २१ आईतबारका दिन बृहत तिज बिशेष कार्यक्रमका आयोजना हुने भएको छ ।
लुम्बिनी सेवा समाज अमेरिकाको आयोजनामा हुन लागेको तिज बिशेष कार्यक्रम टेक्सासको अर्भिंग स्थित करिलिफ रेष्टरेन्टको सभाकक्षमा दिउसो १ बजे देखि बेलुकी ८ बजे सम्म सन्चालन हुने समाजको सूचनामा जनाईएको छ ।
प्रबासमा पनि नेपाली सँस्कृतिको सँरक्षण, सम्बद्र्धन गर्दै नयाँ पुस्तालाई नेपाली कला सँस्कृतिसँग जोड्न तिज बिशेष कार्यक्रमको आयोजना गर्न लागिएको समाजले जनाएको छ ।
तिज बिशेष कार्यक्रममा दरखाने कार्यक्रम, एकल तथा सामुहिक नृत्य प्रस्तुती, नेपाली लोक साँस्कृतिक लयमा तिजको प्रस्तुती रहने छ ।
तिज कार्यक्रम तोकिएको सममा शुरु हुने भएकाले १५ मिनेट अघि उपस्थित भई दिन हुन समाजले नेपाली समुदायलाई आग्रह गरेको छ ।
तिज बिशेष कार्यक्रम
मिति ः २१ अगस्ट २०२२
समय ः दिउसो १ बजे देखि बेलुकी ८ बजेसम्म ( 3: 00PM Appetizer, 6:00 PM Dinner, 8:00 PM  Desserts with fun)
स्थान ः 1800 Valley  View Lane # 104 , Irving Texas  75061 (Curry  Leaf Restaurant Bar & Banquet)
प्रबेश शुल्क ः प्रतिब्यक्ति २० डलर

Leave A Reply

Your email address will not be published.