सुदूरपश्चिमका ३ सहित १ सय ३१ अधिवक्तालाई वरिष्ठ अधिवक्ताको उपाधि प्रदान

घण्टेश्वर अनलाईन
काठमाण्डौं
सुदूरपश्चिमका ३ जना सहित १ सय ३१ ज्ना अधिबक्ताहरुलाई बरिष्ठ अधिबक्ताको उपाधि प्रदान गरिएको छ । सर्वोच्च अदालतको पूर्ण बैठक (फूल कोर्ट) को निर्णयले २०७९ भदौ १ गते बुधबार १ सय ३१ जना अधिवक्तालाई वरिष्ठ अधिवक्ताको उपाधि प्रदान गरिएको हो ।
कायममुकायम प्रधानन्यायाधीश दीपककुमार कार्कीले १ सय ३१ अधिवक्तालाई वरिष्ठ अधिवक्ताको उपाधिको प्रमाणपत्र प्रदान गर्नुभएको सर्बोच्च अदालतले जनाएको छ ।
वरिष्ठ अधिवक्ताको उपाधि प्राप्त गर्नेमा कानून, न्याय तथा संसदीय मामिलामन्त्री गोविन्दप्रसाद कोइराला, कानून, न्याय तथा मानव अधिकार समितिका सभापति कृष्णभक्त पोखरेल, पूर्वमहान्यायाधिवक्ता रमेश बडाल, नेपाल बार एसोसिएनका पूर्वउपाध्यक्ष टीकाराम भट्टराई, बारका पूर्वमहासचिव सुनील पोखरेल, महिलाको सम्पत्तिको हकका लागि लडिरहनु भएकी मीरा कुमारी ढुङ्गाना, मेघराज पोखरेल लगायतलाई वरिष्ठ अधिवक्ताको उपाधि प्रदान गरिएको हो ।
बरिष्ठ अधिबक्ताको उपाधि पाउने सुदूरपश्चिमका अधिबक्ताहरुमा हिक्मतसिंह भण्डारी कन्चनपुर, दामोदरप्रसाद जोशी बैतडी र प्रयागदत्त भट्ट रहेका छन ।

Leave A Reply

Your email address will not be published.