
घण्टेश्वर अनलाईन
काठमाण्डौं
निर्बाचन आयोगले तोकिएको समयमा निर्बाचन खर्च विवरण नबुझाउने स्थानीय तहका उम्मेदवारहरुलाई कारवाही प्रकृया शुरु गरेको छ ।
आयोगले २०७९ श्राबण महिनाको ३१ गते एक प्रेस बिज्ञप्ती जारी गर्दै कानूनले तोकेको समयमा निर्बाचन खर्च विवरण नबुझाउने स्थानीय तहका उम्मेदवारहरुलाई ७ दिन भित्र सम्बन्धित जिल्लाको जिल्ला निर्बाचन कार्यालय अधिकृतको कार्यालय मार्फत स्पष्टिकरण बुझाउन आदेश दिएको छ ।
आयोगले तोकिएको समयमा निर्बाचन खर्च विवरण के कुन कारणले नबुझाएको हो ? तोकिएको समयमा निर्बाचन खर्च नबुझाएकोमा तपाईहरुलाई निर्बाचन आयोग ऐन २०७३ को दफा २६ बमोजिम किन कारवाही गर्नु नपर्ने हो ? भनि ७ दिन भित्र स्पष्टिकरण पेश गर्न भनेको छ ।
आयोगले तोकिएको समयमा कानून बमोजिम निर्बाचन खर्च विवरण पेश गर्ने, ढिलो पेश गर्ने र पेश नगर्ने उम्मेदवारहरुको सूचि बनाएर आफ्नो आधिकारिक वेवसाईटमा राखेको छ । आयोगका अनुसार देशभरबाट १ लाख ३१ हजार १ सय ३१ जना निर्बाचन खर्च विवरण पेश नगर्ने र ८ हजार ६ सय ३५ जना ढिलो गरि विवरण पेश गर्ने गरि कूल १ लाख ३१ हजार ७ सय ८३ जना उम्मेदवारहरु रहेका छन ।
निर्बाचन आयोग ऐन २०७३ को दफा २५ बमोजजम राजनीतिक दल वा उम्मेदवारहरुले निर्बाचनको अन्तिम परिणाम प्रकाशित भएको मितिले ३० दिन भित्र निर्बाचनमा भएको खर्चको बिल भरपाई सहित आयोगले तोकेको कार्यालयमा पेश गर्नु पर्ने, स्थानीय तह निर्बाचन २०७३ को दफा ६४ को उप दफा ४ बमोजिम निर्बाचनको खर्चको विवरण दल वा उम्मेदवारहरुले निर्बाचन परिणाम भएको मितिले ३० दिन भित्र बुझाउनु पर्ने, स्थानीय तह निर्बाचन नियमावली २०७३ को नियम ४० बमोजिम उम्मेदवार वा निजको निर्बाचन प्रतिनिधीले निर्बाचनको अबधिमा निर्बाचनमा भएको सम्पूण खर्चको विवरण तोकिएको ढाँचामा निर्बाचन परिणाम घोषण भएको मितिले ३० दिन भित्र सम्बन्धित प्रदेश वा जिल्ला निर्बाचन कार्यालयमा बुझाउनु पर्ने कानूनी व्यवस्था रहेको छ ।
निर्बाचन खर्च विवरण नबुझाउने उम्मेदवारलाई कस्तो सजाय हुन्छ ?
१. निर्बाचन आयोग ऐन २०७३ अनुसार आयोगले दफा २४ को उपदफा (१) बमोजिमको अधिकतम हदभन्दा बढी खर्च गर्ने वा दफा २५ को उपदफा (१) बमोजिम तोकिएको अवधिमा खर्च विवरण पेश नगर्ने राजनीतिक दल वा उम्मेदवारलाई निजले गरेको निर्वाचन खर्च वा आयोगद्वारा निर्धारित खर्चको हदमध्ये जुन बढी हुन्छ सोही बराबरको रकम जरिबाना गर्न सक्नेछ ।
(२) कुनै राजनीतिक दल वा उम्मेदवारले दफा २५ को उपदफा (१) बमोजिम निर्वाचन खर्चको विवरण पेश नगरेमा वा त्यसरी पेश भएको विवरणमा सोही दफाको उपदफा (२) बमोजिम लेखापरीक्षण हुँदा लेखापरीक्षकको प्रतिवेदनको आधारमा अस्वाभाविक वा निर्वाचनको स्वच्छतामा प्रतिकूल हुने गरी वा गैरकानूनी प्रयोजनका लागि गैरकानूनी तवरले खर्च गरेको देखिएमा आयोगले त्यस्तो राजनीतिक दल वा उम्मेदवारलाई त्यसरी गरेको खर्च बराबरको रकम वा पाँच लाख रुपैयाँ मध्ये जुन बढी हुन्छ सो बराबरको रकम जरिवाना गर्न सक्नेछ ।
(३) उपदफा (२) बमोजिम भएको जरिबाना छ महिनासम्म नबुझाउने राजनीतिक दल वा उम्मेदवारलाई आयोगले तत्कालैदेखि लागूहुनेगरी बढीमा छ बर्षसम्म कुनैपनि निर्वाचनमा भाग लिन रोक लगाउन वा उम्मेदवार हुन अयोग्य घोषित गर्न सक्नेछ ।
(४) उपदफा (१) वा (२) बमोजिम जरिवाना गर्नु वा उपदफा (३) बमोजिम निर्णय गर्नुअघि आयोगले सम्बन्धित राजनीतिक दल वा व्यक्तिलाई आफ्नो सफाई पेश गर्ने मनासिब मौका दिनु पर्नेछ ।
(५) आयोगले उपदफा (३) बमोजिम निर्णय गरेकोमा त्यस्तो व्यक्ति निर्वाचित भएको रहेछ भने निजको निर्वाचन स्वत: बदर हुनेछ ।
निर्बाचान आयोगको वेवसाईटमा राखिएको विवरण अनुसार डोटी जिल्लाका करिब ७५ प्रतिशत बढी उम्मेदवारहरुले निर्बाचनमा भएको खर्च विवरण बुझाएका छैनन । बिभिन्न राजनैतिक दल तथा स्वतन्त्रबाट उम्मेदवारी दिने स्थानीय तहका प्रमुख उप प्रमुख, वडा अध्यक्ष तथा सदस्यहरुको नामावली आयोगले वेवसाईटमा राखेको छ । आयोगको विवरण अनुसार डोटी जिल्लाका बिभिन्न्न स्थानीय तहमा उम्मेदवारी दिनु भएका उम्मेदवारहरु मध्य प्रमु तथा उप प्रमुखहरुको विवरण हामीले प्रकाशित गरेका छौं ।
आयोगले राखेको विवरण हेर्नको लागि तलको लिँकमा क्लिक गर्नु होस
सुदूरपश्चिम.pdf (election.gov.np)
तोकिएको समयमा निर्बाचन खर्च विवरण बुझाउने डोटी जिल्लाका स्थानीय तहका प्रमुख तथा उप प्रमुख पदका उम्मेदवारहरु
१. तेजबहादुर माझी, अध्यक्ष पदका उम्मेदवार केआईसिंह गाउँपालिका : एमाले
२. लोकेन्द्रबहादुर शाही अध्यक्ष केआईसिंह गाउँपालिका : नेपाली काँग्रेस
३. धनादेबी कुँवर, उपाध्यक्ष पदका उम्मेदवार केआईसिंह गाउँपालिका : एमाले
४. निर्मलाकुमारी अवस्थी, उपाध्यक्ष पदका उम्मेदवार केआईसिंह गाउँपालिका : एकीकृत समाजवादी
५. मिनादेबी बिष्ट, उपाध्यक्ष केआईसिंह गाउँपालिका : नेपाली काँग्रेस
६. खगेन्द्रबहादुर साउँद, मेयर पदका उम्मेदवार दिपायल सिलगढी नगरपालिका : माओवादी केन्द्र
७. लक्ष्मणबहादुर मलासी, मेयर पदका उम्मेदवार दिपायल सिलगढी नगरपालिका : एमाले
८. कृष्णबहादुर खड्का, अध्यक्ष पदका उम्मेदवार पूर्बिचौकी गाउँपालिका : एमाले
९. रामप्रसाद उपाध्याय, अध्यक्ष पूर्बिचौकी गाउँपालिका : नेपाली काँग्रेस
१०. पशुपति खड्का, उपाध्यक्ष पूर्बिचौकी गाउँपालिका : नेपाली काँग्रेस
११. शारदा साउँद उपाध्यक्ष पदका उम्मेदवार पूर्बिचौकी गाउापालिका : एमाले
१२. भैरबबहादुर साउँद, अध्यक्ष बडिकेदार गाउँपालिका : नेपाली काँग्रेस
१३. डम्मरीकुमारी बिष्ट, उपाध्यक्ष बडिकेदार गाउँपालिका : नेपाली काँग्रेस
१४. दीर्घ बलायर मेयर शिखर नगरपालिका : नेपाली काँग्रेस
१५. भिमबहादुर बलायर मेयर पदका उम्मेदवार शिखर नगरपालिका : एमाले
१६. लक्ष्मीदेबी मल्ल, उप मेयर पदका उम्मेदवार शिखर नगरपालिका : एमाले
१७. सुनिता रावल, उप मेयर शिखर नगरपालिका : नेपाली काँग्रेस
१८. बिष्णादेबी सिंह, उपाध्यक्ष पदका उम्मेदवार सायल गाउँपालिका : एमाले
निर्बाचन खर्च विवरण बिलम्ब गरि बुझाउने डोटी जिल्लाका स्थानीय तहका प्रमुख तथा उप प्रमुख पदका उम्मेदवारहरु
१. तेजबहादुर डुमरेल, अध्यक्ष पदका उम्मेदवार सायल गाउँपालिका : एमाले
२. हस्त बुढा, अध्यक्ष पदका उम्मेदवार बोगटान फुड्सिल गाउँपालिका : एमाले
३ ज्ञानुकुमारी मल्ल, उपाध्यक्ष पदका उम्मेदवार बोगटान फुड्सिल गाउँपालिका : एमाले
४. भक्तबहादुर साउँद, अध्यक्ष पदका उम्मेदवार बडिकेदार गाउँपालिका : एकीकृत समाजवादी
५. दीपक बिष्ट, अध्यक्ष पदका उम्मेदवार जोरायल गाउँपालिका : नेपाली काँग्रेस
६. दुर्गादत्त ओझा अध्यक्ष जोरायल गाउँपालिका : एमाले
७. डम्बरबहादुर ओली अध्यक्ष पदका उम्मेदवार आदर्श गाउँपालिका : एमाले
निर्बाचन खर्च विवरण नबुझाउने डोटी जिल्लाका स्थानीय तहका प्रमुख तथा उप प्रमुख पदका उम्मेदवारहरु
१. कमलबहादुर गड्सिला, अध्यक्ष बोगटान फुड्सिल गाउँपालिका : नेकपा(माओवादी केन्द्र )
२ दिलबहादुर बम, अध्यक्ष पदका उम्मेदवार बोगटान फुड्सिल गाउँपालिका : नेपाली काँग्रेस
३. कलावती कुमारी चिमाल, उपाध्यक्ष पदका उम्मेदवार, बोगटान फुड्सिल गाउँपालिका : नेकपा( माओवादी केन्द्र)
४. बिष्णादेबी बम, उपाध्यक्ष पदका उम्मेदवार बोगटान फुड्सिल गाउँपालिका : नेपाली काँग्रेस
५. गिरीबहादुर रोकाया, मेयर पदका उम्मेदवार शिखर नगरपालिका : राप्रपा
६. सागरप्रसाद भट्ट, मेयर पदका उम्मेदवार शिखर नगरपालिका : एकीकृत समाजवादी
७. रमेशप्रसाद जोशी मेयर पदका उम्मेदवार शिखर नगरपालिका : माओवादी केन्द्र
८. चक्रबहादुर घर्तिमगर अध्यक्ष पदका उम्मेदवार बडिकेदार गाउँपालिका : एमाले
९. देबसरा घर्तिमगर, उपाध्यक्ष पदका उम्मेदवार बडिकेदार गाउँपालिका : माओवादी केन्द्र
१०. सपना सिराडी, उपाध्यक्ष पदका उम्मेदवार बडिकेदार गाउँपालिका : एमाले
११. दिपकबहादुर धामी, अध्यक्ष पदका उम्मेदवार पूर्बिचौकी गाउँपालिका : राप्रपा
१२. देबबहादुर खड्का, अध्यक्ष पदका उम्मेदवार पूर्बिचौकी गाउँपालिका : एकीकृत समाजवादी
१३. हरिष कुँवर, अध्यक्ष पदका उम्मेदवार पूर्बिचौकी गाउँपालिका : माओवादी केन्द्र
१४. किरन मल्ल, अध्यक्ष पदका उम्मेदवार जोरायल गाउँपालिका : एकीकृत समाजवादी
१५. रमेश वस्ती, अध्यक्ष पदका उम्मेदवार जोरायल गाउँपालिका : राजमो
१६. चन्द्राकुमारी साउँद, उपाध्यक्ष पदका उम्मेदवार जोरायल गाउँपालिका : नेपाली काँग्रेस
१७. प्रेमाकुमारी ओली उपाध्यक्ष पदका उम्मेदवार जोरायल गाउँपालिका : माओवादी केन्द्र
१८. अशोक बिक, मेयर पदका उम्मेदवार दिपायल सिलगढी नगरपालिका : स्वतन्त्र
१९. कलादेबी श्रेष्ठ, मेयर पदका उम्मेदवार दिपायल सिलगढी नगरपालिका : जनता समाजवादी पार्टी
२०. नरेश आले, मेयर पदका उम्मेदवार दिपायल सिलगढी नगरपालिका : राजमो
२१. बाजिसिंह खड्का, मेयर दिपायल सिलगढी नगरपालिका : नेपाली काँग्रेस
२२. रमेश भण्डारी, मेयर पदका उम्मेदवार दिपायल सिलगढी नगरपालिका : राप्रपा
२३. कलावती महरा(साउँद), उपमेयर पदका उम्मेदवार दिपायल सिलगढी नगरपालिका : नेपाली काँग्रेस
२४. शान्तिकुमारी बोगटी(खड्का) , उप मेयर पदका उम्मेदवार दिपायल सिलगढी नगरपालिका : राप्रपा
२५. गणेशबहादुर खड्का, अध्यक्ष आदर्श गाउँपालिका : नेपाली काँग्रेस
२६. ताराप्रसाद ओझा, अध्यक्ष पदका उम्मेदवार आदर्श गाउँपालिका :राप्रपा
२७. योगेन्द्र खड्का, अध्यक्ष पदका उम्मेदवार आदर्श गाउँपालिका : माओवादी केन्द्र
२८. लक्ष्मीदेबी धामी, उपाध्यक्ष आदर्श गाउँपालिका : नेपाली काँग्रेस
२९. रमेशबहादुर बिष्ट, उपाध्यक्ष पदका उम्मेदवार आदर्श गाउँपालिका : एकीकृत समाजवादी
३०. कबिता साउँद, अध्यक्ष पदका उम्मेदवार आदर्श गाउँपालिका : राप्रपा
३१. केशवनाथ योगी, अध्यक्ष पदका उम्मेदवार : केआईसिंह गाउँपालिका
३२. धर्मराज जोशी, अध्यक्ष सायल गाउँपालिका : नेपाली काँग्रेस
३३. महेशबहादुर सिंह अध्यक्ष पदका उम्मेदवार सायल गाउँपालिका : राप्रपा
३४. टिका सिंह, उपाध्यक्ष पदका उम्मेदवार सायल गाउँपालिका : एकिकृत समाजवादी
३५. निर्मला बोहरा ओली, उपाध्यक्ष सायल गाउँपालका : नेपाली काँग्रेस
निर्बाचन आयोगबाट जारी प्रेस बिज्ञप्ती पढ्नका लागि तलको लिँकमा क्लिक गर्नु होस
निर्वाचन खर्च ढिलो बुझाउनेका स्पष्टीकरण सूचना.pdf (election.gov.np)