निर्बाचन आयोगद्धारा कार्यतालिका सार्बजनिक, असोज २३ गते मनोनयन पत्र दर्ता

घण्टेश्वर अनलाईन
काठमाण्डौं
आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको लागि निर्वाचन आयोगले कार्यतालिका सार्वजनिक गरेको छ । आयोगले बिहिबार प्रत्यक्षतर्फको निर्वाचन कार्यक्रम स्वीकृत गरेको हो।
आयोगद्धारा सार्बजनिक गरिएको कार्यतालिका अनुसार दशैँलगत्तै उम्मेदवारको मनोनयन दर्ता शुरु हुने छ ।
स्वीकृत कार्यक्रम अनुसार असोज २३ उम्मेदवारको मनोनयन दर्ता हुनेछ भने २६ गते उम्मेद्वारहरुलाई चुनाव चिन्ह दिने कार्यक्रम तय भएको छ ।
निर्वाचन आयोगले सार्वजनिक गरेको तालिका अनुसार दशैंको ४ दिनपछिकोजाग्रत पूर्णिमाको दिन देशभर उम्मेदवारी दर्ता हुनेछ । दशैँको बिदा सकिने बित्तिकै भोलिपल्ट नै कार्यालय खुल्ने बताईएको छ ।

आयोगद्धारा सार्बजनिक गरिएको कार्य तालिका
२३ असोज – उम्मेदवारी दर्ता
२४ असोज – उम्मेदवारीविरुद्ध उजुरी आह्वान
२५ असोज – उजुरी छानबिन
२६ असोज – उम्मेदवारी फिर्ता, अन्तिम नामावली प्रकाशन र चिह्न वितरण

Leave A Reply

Your email address will not be published.