आगामी मंसिर २३ गतेसम्ममा स्थानीय तहहरुले जग्गाको वर्गीकरण गरिसक्नुपर्ने

घण्टेश्वर अनलाईन
काठमाण्डौ
आगामी मंसिर २३ गतेसम्ममा देशका सबै स्थानीय तहहरुले जग्गा वर्गीकरण गर्ने कार्य सम्पन्न गरिसक्नु पर्ने भएको छ ।
भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले मंगलबार प्रेस विज्ञप्ती जारी गर्दै आगामी मंसिरसम्ममा भू–उपयोग सम्बन्धी नीति, ऐन तथा नियमअनुसार कम्तिमा कृषि क्षेत्र र गैर कृषि क्षेत्र वर्गीकरण गरिसक्नुपर्ने भनेको छ ।
देशभरका ७ सय ५३ वटै स्थानीय तहलाई तोकिएको ऐन, नियमअनुसार आ–आफ्नो कार्य क्षेत्रमा पर्ने जग्गा वर्गीकरण गर्न समेत मन्त्रालयले आग्रह गरेको छ ।
’केही स्थानीय तहले ऐन, नियम वा परिपत्रमा उल्लेख गरिएको भन्दा फकर ढंगबाट वर्ग छुट्याउने वा कुनै पनि वर्गमा नछुट्याउन वा जग्गा धनीलाई स्व:घोषणा गर्न लगाउने वा सबैलाई एकमुष्ठ कृषि वा बसोबास क्षेत्रमा राख्ने जस्ता कार्य भइरहेको बुझिएको भन्दै ऐन नियम बिरुद्धको कार्य नगर्न सचेत गराएको छ ।
उक्त कार्य प्रचलित कानुनी व्यवस्थानको मर्म र भावना अनुरूप नभएकोले त्यस्तो कार्य नगर्न नगराउन हुन सम्बन्धित सबैमा अनुरोध गरिएको छ,’ मन्त्रालयद्वारा जारी विज्ञप्तीमा भनिएको छ ।

Leave A Reply

Your email address will not be published.