निर्वाचनमा खर्च विवरण नबुझाउने स्थानीय तहका सवा लाख उम्मेदवारलाई जरिवाना

घण्टेश्वर अनलाईन
काठमाण्डौं
गत २०७९ वैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनमा उम्मेदवार भई कानुन बमोजिम बुझाउनुपर्ने खर्चको विवरण नबुझाउने उम्मेदवारलाई निर्वाचन आयोगले कम्तिमा डेढलाखदेखि साढे ७ लाखसम्म जरिवाना तिराउने निर्णय गरेको छ ।
आयोगको शुक्रबार बसेको बैठकले निर्वाचन खर्च नुबझाउने महानगरपालिकाका प्रमुख र उपप्रमुख पदका उम्मेदवारलाई ७ लाख ५० हजार रुपैयाका दरले जरिवाना र महानगरपालिकाका वडा अध्यक्ष, वडा सदस्य, महिला सदस्य र दलित महिला सदस्य पदका उम्मेदवारलाई ३ लाख रुपैयाका दरले जरिवाना गर्ने निर्णय भएको छ ।
यस्तै उपमहानगरपालिकाका प्रमुख र उपप्रमुख पदका उम्मेदवारलाई ५ लाख ५० हजार रुपैयाका दरले जरिवाना गराइने, उपमहानगरपालिकाका वडा अध्यक्ष, वडा सदस्य, महिला सदस्य र दलित महिला सदस्य पदका उम्मेदवारलाई २ लाख ५०हजार रुपैयाका दरले जरिवाना गराइने निर्णय भएको आयोगका प्रवक्तासमेत रहेका सहसचिव शालिग्राम शर्माद्धारा हस्ताक्षरित प्रेस बिज्ञप्तीमा उल्लेख छ ।
उनका अनुसार नगरपालिकाका प्रमुख र उपप्रमुख पदका उम्मेदवारलाई ४ लाख ५० पचास हजार रुपैयाका दरले जरिवाना गर्ने, नगरपालिकाका वडा अध्यक्ष, वडा सदस्य, महिला सदस्य र दलित महिला सदस्य पदका उम्मेदवाररूलाई दुई लाख रुपैयाका दरले जरिवाना गर्ने आयोगले निर्णय गरेको छ । यस्तै गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष पदका उम्मेदवारलाई तीन लाख पचास हजार रुपैयाका दरले जरिवाना गर्ने र गाउँपालिकाका वडा अध्यक्ष, वडा सदस्य, महिला सदस्य र दलित महिला सदस्य पदका उम्मेदवारहरूलाई एक लाख पचास हजार रुपैयाका दरले जरिवाना गर्ने निर्णय भएको छ ।
तोकिएको समयावाधिभित्र आफुलाई लागेको जरिवाना वापतको रकम नबुझाउने उम्मेदवारलाई निर्णय भएको मिति आजदेखि लागू हुने गरी ६ वर्षसम्म कुनै पनि निर्वाचनमा भाग लिन नपाउने गरी रोक लगाउने निर्णय पनि गरेको छ । जरिवाना वापतको रकम उनीहरुबाट दाखिला नभएमा उक्त रकम असुल उपर गर्ने प्रयोजनका लागि जरिवाना वापतको रकम सरकारी बाँकी सरह असुल उपर गर्न जरिवाना भएका उम्मेदवारको नाम नामेशीसहितको विवरण तयार गरी केन्द्रीय तहसिल कार्यालयमा लेखी पठाउने निर्णय भएको छ ।
निर्वाचन आयोग ऐन, २०७३ को दफा २५, स्थानीय तह निर्वाचन ऐन, २०७३ को दफा ६४ को उपदफा चार र स्थानीय तह निर्वाचन नियमावली, २०७३ को नियम ४० बमोजिम निर्वाचन परिणाम घोषणा भएको मितिले ३० दिन भित्र निर्वाचन खर्चको विवरण बुझाइसक्नुपर्छ ।
आयोगले निर्वाचन खर्चको विवरण नबुझाउने १ लाख १४ हजार ९५८ जना उम्मेदवारलाई र तोकिएको समयावधिपछि निर्वाचन खर्चको विवरण बुझाउने ८ हजार ६ सय ६६ जनासमेत गरेर जम्मा १ लाख २३ हजार ६ सय २४ जना उम्मेदवारलाई आफ्नो सफाईसहितको स्पष्टीकरण सात दिनभित्र पेश गर्न लगाउने २०७९ साउन ३१ गते निर्णय गरेको थियो ।

llc

निर्बाचन आयोगको प्रेस बिज्ञप्तीको पूर्ण पाठ पढ्न तलको लिंकमा क्लिक गर्नु होस

निर्बाचन आयोगको प्रेस बिज्ञप्तीको पूर्ण पाठ

Leave A Reply

Your email address will not be published.