आयोगद्वारा १६५ निर्वाचन क्षेत्रमा मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृत नियुक्त (सुदूरपश्चिम प्रदेशको सूची सहित)

घण्टेश्वर अनलाईन
काठमाण्डौं
प्रतिनिधी सभा तथा प्रदेश सभा निर्बाचनको लागि निर्वाचन आयोगले १ सय ६५ वटै निर्वाचन क्षेत्रमा मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृत नियुक्त गरेको छ ।
असोज ११ गतेदेखि लागु हुने गरी न्याय परिषद्को सिफारिसमा ७७ जिल्लाका जिल्ला न्यायाधीशलाई सोही जिल्लाको मुख्य निर्वाचन अधिकृतमा नियुक्त गरेको हो ।
बाँकी ८८ निर्वाचन क्षेत्रमा न्याय सेवा आयोगको सिफारिसमा नेपाल न्याय सेवाका अधिकृतलाई निर्वाचन अधिकृत नियुक्त गरिएको निर्वाचन आयोगका प्रवक्तासमेत रहेका सहसचिव शालिग्राम शर्माले जानकारी दिनु भयो ।
शर्माका अनुसार यसअघि मङ्गलवार १ सय ६५ वटै निर्वाचन क्षेत्रमा आयोगले मुख्य निर्वाचन अधिकृतको कार्यालय र निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिसकेको छ ।
प्रतिनिधि सभा सदस्य निर्वाचन ऐन, २०७४ तथा प्रदेश सभा निर्वाचन ऐन, २०७४ बमोजिम निर्वाचनमा सम्पन्न गर्नुपर्ने काम गर्न वा गराउनका लागि आयोगले प्रत्येक जिल्लामा एक जना मुख्य निर्वाचन अधिकृत र प्रत्येक निर्वाचन क्षेत्रमा एक जना निर्वाचन अधिकृत नियुक्त गरिएको आयोगले जनाएको छ ।
सुदूरपश्चिम प्रदेशमा नियुक्त गरिएका मुख्य निर्बाचन अधिकृत तथा निर्बाचन अधिकृतको नामावली
डोटी :
मुख्य निर्बाचन अधिकृत शिबलाल पाण्डेय, जिल्ला न्यायाधिश डोटी
अछाम :
क्षेत्र नंं १ :  निर्बाचन अधिकृत शम्भु गौतम उप न्यायाधिबक्ता, बिशेष सरकारी वकील कार्यालय काठमाण्डौं
क्षेत्र नं. २ : मुख्य निर्बाचन अधिकृत पिताम्बर शर्मा, जिल्ला न्यायाधिश, अछाम
बझाङ :

मुख्य निर्बाचन अधिकृत, नन्दकिशोरप्रसाद यादब,  जिल्ला न्यायाधिश बझाङ
बाजुरा :

मुख्य निर्बाचन अधिकृत ढाकाराम पौडेल, जिल्ला न्यायाधिश बाजुरा
कैलाली :
क्षेत्र नंं १. निर्बाचन अधिकृत, राजेन्द्रसिंह भण्डारी, जिल्ला न्यायाधिबक्ता कैलाली
क्षेत्र नंं २. निर्बाचन अधिकृत, तेजप्रकाश जोशी, उपसचिब प्रदेश सभा सचिवालय कर्णाली प्रदेश
क्षेत्र नंं ३.  निर्बाचन अधिकृत, लक्ष्मीनारायण दहाल, उप न्यायाधिबक्ता, मुख्य न्यायाधिबक्ताको कार्यालय सुदूरपश्चिम
क्षेत्र नंं ४. निर्बाचन अधिकृत, ईन्द्रबहादुर कठायत, ईजलाश अधिकृत सर्वोच्च अदालत
क्षेत्र नंं ५. मुख्य निर्बाचन अधिकृत, ओमप्रकाश अर्याल, जिल्ला न्यायाधिश कैलाली
डडेल्धुरा :

मुख्य निर्बाचन अधिकृत, बालकृष्ण वाग्ले जिल्ला न्यायाधिश,  डडेल्धुरा
बैतडी :

मुख्य निर्बाचन अधिकृत, जयानन्द पनेरु, जिल्ला न्यायाधिश बैतडी
दार्चुला:

मुख्य निर्बाचन अधिकृत, खेमराज भट्ट, जिल्ला न्यायाधिश दार्चुला
कन्चनपुर :
क्षेत्र नंं १.  निर्बाचन अधिकृत कृष्णप्रसाद नेपाल, उपसचिब, मुख्य मन्त्री तथा मन्त्री परिषदको कार्यालय सुदूरपश्चिम
क्षेत्र नंं २.  निर्बाचन अधिकृत मोहनीप्रसाद जोशी, जिल्ला न्यायाधिबक्ता डडेल्धुरा
क्षेत्र नंं ३. मुख्य निर्बाचन अधिकृत धु्रबबहादुर शाह, जिल्ला न्यायाधिश कन्चनपुर

Leave A Reply

Your email address will not be published.