प्रतिनिधि सभा तथा प्रदेश सभा निर्बाचनको प्रत्यक्षतर्फको उम्मेदवारी दर्ता कार्यक्रम सार्वजनिक

All time tax

घण्टेश्वर अनलाईन
काठमाण्डौं
आगामी मंसिर ४ गते प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य पदका लागि एकसाथ हुनलागेको निर्बाचनको लागि निर्बाचन कार्यक्रम सार्बजनिक गरिएको छ ।
निर्बाचन आयोगका अनुसार प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनअन्तर्गत पहिलो हुने निर्वाचन प्रणाली (प्रत्यक्ष) तर्फ उम्मेदवारको मनोनयनपत्र दर्ताका लागि समय तोकिएको हो ।
प्रत्यक्षतर्फ उम्मेदवार हुन चाहनेहरूले यही असोज २३ गते बिहान १० बजेदेखि साँझ ५ बजेसम्म सम्बन्धित निर्वाचन अधिकृतको कार्यालयमा गई उम्मेदवारी दर्ता गर्न सक्नेछन ।
असोज २३ गते नै साँझ ५ बजेदेखि ७ बजेसम्म मनोनयनपत्र दर्ता गरेका उम्मेदवारको सूची प्रकाशन गरिने आयोगले जनाएको छ ।
यसैगरि असोज २४ गते बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्मको समय उम्मेदवारको विरोधमा उजुरी दिनका लागि तोकिएको आयोगका प्रवक्ता शालिग्राम पौडेलले जानकारी दिनु भयो ।
यस्तै असोज २४ र २५ गते मनोनयनपत्र र उजुरी उपर जाँचबुझ गरी निर्णयका लागि समय तोकिएको छ । आयोगका अनुसार असोज २५ गते साँझ ५ बजेदेखि ७ बजेसम्म उम्मेदवारको नामावली प्रकाशनका लागि समय तोकिएको छ ।
असोज २६ गते बिहान १० बजेदेखि दिउँसो १ बजेसम्मको समय उम्मेदवारी फिर्ता लिने चाहनेका लागि छुट्याइएको छ भने सोही दिन दिउँसो १ बजेदेखि ३ बजेसम्मको समय उम्मेदवारको अन्तिम नामावली प्रकाशनका लागि तोकिएको आयोगले जनाएको छ ।
हेर्नुहोस् उम्मेदवारी दर्ताको कार्यक्रम :

Leave A Reply

Your email address will not be published.