टेक्सासका प्रमुख शहरहरुमा हरेक बर्ष कन्सुलर शिबिर आयोजना हुने

घण्टेश्वर अनलाईन
अस्टिन, टेक्सास
नेपाली राजदुताबास अमेरिकाले हरेक बर्ष टेक्सासका प्रमुख शहरहरुमा कन्सुलर सेवा शिबिर आयोजना गर्ने भएको छ । नेपाली राजदुताबास अमेरिकाद्वारा टेक्सासको अस्टिनमा आयोजना गरिएको २ दिने कन्सुलर सेवा शिबिरको समापनमा बोल्दै राजदुताबासका द्वितीय सचिब उत्तम घिमिरेले हरेक बर्ष कन्सुलर सेवा शिबिर मार्फत नेपाली समुदायलाई सर्वसुलभ रुपमा सेवा उपलब्ध गराउन पहल गरिने प्रतिबद्धता जनाउनु भयो ।
अमेरिकामा दिन प्रतिदिन नेपाली समुदायको जनसँख्या बढिरहेको चर्चा गर्दै द्वितीय सचिब घिमिरेले नेपाली समुदायलाई लक्षित गरि सर्वसुलभ रुपमा नेपाली राजदुताबासका सेवाहरु उपलब्ध गराउन आबश्यक रहेको बिचार ब्यक्त गर्नु भयो ।
द्वितीय सचिब घिमिरेले कन्सुलर शिबिर मार्फत नेपाली समुदायसँग प्रत्यक्ष रुपमा भेटघाटका साथै सेवा प्रदान गर्न पाएकोमा खुशी ब्यक्त गर्दै आगामी दिनमा प्राबिधिक समस्याहरुलाई समाधान गर्दै दुताबासका सेवाहरुलाई थप बिस्तार गर्दै प्रभावकारी बनाउदै लगिने बताउनु भयो ।
ग्रेटर अस्टिन नेपाली समाजका अध्यक्ष भोजराज भट्टको अध्यक्षता तथा महासचिब बिदुर खतिवडाको सन्चालनमा सम्पन्न समापन समारोहमा बोल्दै सामाजिक अभियन्ता तथा ग्रेटर अस्टिन नेपाली समाजका पूर्ब अध्यक्ष देवराज न्यौपानेले टेक्सासका प्रमुख शहर अस्टिन, ह्युस्टन र ड्यालसमा नेपाली समुदायको बढदो जनसँख्यालाई ध्यानमा राख्दै टेक्सासमा नेपाली राजदुताबास अमेरिकाले कन्सुलर सेवा सेन्टर स्थापना गर्नु पर्ने धारणा ब्यक्त गर्नु भयो ।
यसैगरि अस्टिनका समाजसेवी राजेश्वर निरौलाले राजदुताबासका सेवा प्रवाहमा देखा परेका प्राबिधिक समस्याहरुलाई सामाधान गर्दै सरलिकृत बनाउदै लग्नु पर्ने कुरामा जोड दिनु भयो ।
ग्रेटर अस्टिन नेपाली समाजका महासचिब विदुर खतीवडाले समाजको सामुदायिक भवनमा डिसेम्बर १८ र १९ गते आयोजना गरिएको २ दिने कन्सुलर शिबिरमा २ सय ६६ जनाले पासपोर्ट नबिकरण र ११ जनाले गैरआवासिय नेपाली परिचय पत्र गरि २ सय ७७ जनाले सेवा प्राप्त गरेको जानकारी दिनु भयो । शिबिरमा सान अस्टिन आसपासका क्षेत्रहरु आन्टोनियो, ह्यूस्टन र सियाटलबाट समेत सेवाग्राहीहरु आएको तर समय अभावका कारण करिब २ सय सेवाग्राहीहरु सेवा प्राप्त गर्नबाट बन्चित रहेको ग्रेटर अस्टिन नेपाली समाजले जनाएको छ । शिबिरमा समय व्यवस्थापनका लागि अग्रिम नाम दर्ता गरि सेवा उपलब्ध गराईएको थियो ।
कार्यक्रमको समापन गर्दै ग्रेटर अस्टिन नेपाली समाजका अध्यक्ष भोजराज भट्टले कन्सुलर सेवा शिबिर आयोजना गरि सर्बसुलभ पमा सेवा प्रदान गर्ने नेपाली राजदुतावासको टीम, स्थानीय स्तरमा शिबिर व्यवस्थापन गर्न सहयोग गर्ने समाजका पदाधिकारीहरु, स्वयंसेवकहरु सबैलाई धन्यवाद दिनु भएको थियो । कार्यक्रममा नेपाली राजदुताबासका द्वितीय सचिब उत्तम घिमिरेले शिबिरमा सहयोग गर्ने सबै स्वयंसेवकहरुलाई प्रमाण पत्र बितरण गर्नु भएको थियो ।

llc

Leave A Reply

Your email address will not be published.