घण्टेश्वर अनलाईन
टेक्सास, अमेरिका
यसबर्षको होली पर्ब मार्च महिनाको ५ तारेखको दिन परेको छ । अमेरिकाका बिभिन्न राज्यमा बस्ने नेपाली समुदायले समय अनुकुल मिलाएर मार्च ४ र ५ गते हर्षोल्लासका साथ होली पर्ब मनाउने भन्दै सामाजिक सन्जालमा ब्यानर सार्बजनिक गरेका छन ।
अमेरिकामा प्रायजसो सबैले काम गर्ने भएकाले समय अनुकुल मिलाएर चाडपर्ब मनाउने गर्दछन । यस बर्षको होली पर्ब सार्बजनिक स्थान तथा पार्कहरुमा मनाईने कार्यक्रम रहेको नेपाली समुदायका अगुवाहरुले बताएका छन ।
अहिलेसम्म सार्बजनिक गरिएका होली पर्ब बिशेष कार्यक्रम
नेपाली समाज, टेक्सास
नेपाली समाज टेक्सास नेपाली समुदायका सँस्थाहरु मध्य सबै भन्दा ब्यवस्थित र नेतृत्वदायी सँस्था हो । नेपाली समाज टेक्सासले ईन्द्रेणी साँस्कृतिक सँघसँगको सहकार्यमा यस बर्षको होली पर्ब मार्च ५ तारेखमा मनाउने भएको छ । होली पर्ब कार्यक्रममा खाना सहित शुभकामना आदानप्रदान कार्यक्रम, भलिवल लगायत बिभिन्न खेल कार्यक्रम, बिबिध साँस्कृतिक कार्यक्रम लगायतका कार्यक्रमहरु रहेका छन ।
मिति ः ५ मार्च, २०२३ आईतबार
समय ः दिउसो १२ बजे देखि बेलुकी ६ बजे सम्म
प्रबेशः निःशुल्क
स्थान ः TrawickPavilion, Grapevine Texas 76051
सुदूरपश्चिम नेपाली समाज, टेक्सास
यो टेक्सासमा रहेका सुदूरपश्चिमेलीहरुको सँस्था हो । सुदूरपश्चिम नेपाली समाज, टेक्सासले बिभिन्न समयमा सुदूरपश्चिममा रहेका कला सँस्कृति, भाषा तथा खेलकुद क्षेत्रको समेत प्रबद्र्धन र सम्बद्र्धन हुने गरि चाड पर्ब मनाउदै आएको छ ।
यस बर्षको होली पर्ब सुदूरपश्चिम नेपाली समाज, टेक्सासले ४ मार्च शनिबारका दिन मनाउने निर्णय गरेको छ । होली पर्बको दिन सहभागिहरुलाई खाना सहित सुदूरपश्चिमेली कलाकारहरुद्धारा डेउडा गीतको प्रस्तुती, डेउडा खेल, भलिवल खेल, शुभकामना आदान प्रदान सहित रङ्ग खेलेर होली पर्ब मनाउने कार्यक्रम रहेको सुदूरपश्चिम नेपाली समाज, टेक्सासका अध्यक्ष नवराज योगीले जानकारी दिनु भएको छ ।
मिति ः ४ मार्च २०२३ शनिबार
समय ः बिहान ११ः३० देखि बेलुकी ५ बजेसम्म
स्थान ः 2520 OAKGROVE Loops Grapevine Texas 76051
लुम्बिनी सेवा समाज अमेरिका
यो सँस्था लुम्बिनी प्रदेशका बिभिन्न जिल्लाबाट आएर टेक्सासमा बसोवास गर्ने लुम्बिनीबासीहरुको साझा सँस्था हो । समाजले बिभिन्न रचनात्मक कार्यक्रमको माध्यमबाट लुम्बिनीबासीहरुलाई एकताबद्ध बनाउदै आएको छ । लुम्बिनी सेवा समाज अमेरिकाले नेपाली समुदायले मनाउदै आएका बिभिन्न चाडपर्बहरु बनाउदै आएको छ । यसका अतिरिक्त रक्तदान कार्यक्रम, स्थानीय पार्कहरुको सरसफाई लगायतका नेपाली समुदायको हितका लागि आबश्यक काममा सरिक हुँदै आएको छ ।
लुम्बिनी सेवा समाज अमेरिकाले यस बर्षको होली पर्ब ४ मार्च २०२३ शनिबारका दिन मनाउने भएको छ । होली पर्बको दिन होली गीत, सँगीत र नृत्य कार्यक्रम, रङ्ग लगाएर होली पर्बको शुभकामना आदान प्रदान कार्यक्रम लगायतका कार्यक्रम रहेको समाजका अध्यक्ष जगदिशप्रसाद न्यौपानेले जानकारी दिनु भएको छ ।
मिति ः ४ मार्च २०२३, शनिबार
समय ः दिउसो १२ बजे देखि बेलुकी ६ बजेसम्म
प्रबेश ः निःशुल्क
स्थान ः 701 NW Green Oak Blvd Arlington TX 76006
ग्रेटर अस्टिन नेपाली समाज, अस्टिन
ग्रेटर अस्टिन नेपाली समाज टेक्सास राज्यको राजधानी अस्टिन शहरमा रहेका नेपाली समुदायको नेतृत्वदायी सँस्था हो । यसले नेपाली कला, साहित्य, भाषा, सँस्कृति लगायत नेपाली समुदायको पक्षमा काम गर्दै आएको छ । समाजको अगुवाईमा अस्टिनमा पशुपतिनाथको मन्दिरपनि निर्माण हुँदै छ ।
ग्रेटर अस्टिन नेपाली समाज, अस्टिनले नेपाली समुदायले मनाउने सबै चाडपर्बहरु नेपाली समुदायको सहभागितामा आयोजना गर्दै आएको छ । यस बर्षको होली पर्ब समाजले ५ मार्च आईतबारको दिन मनाउने भएको छ । होली पर्बको दिन निःशुल्क होली भोजनको व्यवस्था, बालबालिकाको लागि ऋबलखबक पेन्टिङ प्रतियोगिता, निःशुल्क रङ्ग बितरण, शुभकामना आदानप्रदान कार्यक्रम, बिबिध साँस्कृतिक कार्यक्रम लगायतका कार्यक्रमहरु रहेको समाजका अध्यक्ष भोजराज भट्टले जानकारी दिनु भएको छ ।
मितिः ५ मार्च २०२३ आईतबार
समय ः दिउसो ३ बजे देखि बेलुकी ८ बजेसम्म
प्रबेश ः निःशुल्क
स्थान ः ग्रेटर अस्टिन नेपाली सामुदायिक तथा अध्यात्मिक केन्द्र भवन
सुदूरपश्चिम नेपाली समाज न्युयोर्क
अमेरिकाको न्यूयोर्कमा बसोबास गर्ने सुदूरपश्चिमेलीहरुको साझा सँस्था सुदूरपश्चिम नेपाली समाज न्यूयोर्क हो । यो समाजले पनि नेपाली समुदाय तथा सुदूरपश्चिमेलीहरुले बनाउने बिभिन्न चाड पर्बहरु सुदूरपश्चिमेली समुदायको सहभागितामा मनाउदै आएको छ । सुदूरपश्चिमको भाषा, सँस्कृति चाडपर्बहरु मनाउनुका साथै सामाजिक काममा समेत अगुवाई गर्दै आएको छ ।
सुदूरपश्चिम नेपाली समाज न्युयोर्कले यस बर्षको होली पर्ब ५ मार्च २०२३ आईतबारका दिन बिबिध कार्यक्रमका साथ मनाउने भएको छ । होली पर्बको दिन न्युयोर्क स्थित कोरोना पार्कमा सुदूरपश्चिमेलीहरु एकै स्थानमा जम्मा भएर डेउडा गीत तथा डेउडा खेल, सुदूरपश्चिमको प्रसिद्ध बाजा दाईन दमाउको प्रदर्शन तथा बजाउने कार्यक्रम, एक आपसमा रङ्ग खेलेर शुभकामना आदान प्रदान कार्यक्रम लगायतका कार्यक्रमहरु आयोजना गरिने सुदूरपश्चिम नेपाली समाज न्यूयोर्कका अध्यक्ष रामबहादुर देउवाले जानकारी दिनु भएको छ ।
मिति ः ५ मार्च २०२३ आईतबार
समय ः दिउसो १२ बजे देखि बेलुकी ५ बजेसम्म
स्थान ः Wheel Fun Rentals | Flushing Meadows Corona Park on North Meadow Lake
कोरोना पार्क न्युयोर्क