डोटीमा जीप दुर्घटनामा गम्भिर घाईते एक महिलाको उपचारका क्रममा निधन
सबै घाईतेहरुलाई थप उपचारको लागि नेपालगन्ज पठाईयो
घण्टेश्वर अनलाईन
सिलगढी
डोटीको सदरमुकाम सिलगढीमा मँगलबार विहान सिलगढी अदालत नजिकको घुम्तीमा भएको दुर्घटनामा परि घाईते भएकी एक महिलाको उपचारका क्रममा निधन भएको छ ।
सिलगढीमा आज बिहान भएको सवारी साधन दुर्घटनामा गम्भिर घाईते दिपायल सिलगढी नगरपालिका वडा नं. ७ की ६५ बर्षिय धौलीदेबी बिष्टको उपचारका क्रममा नेपालगन्ज मेडिकल कलेज, नेपालगन्जमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी निरिक्षक देबेन्द्र जोशीले जानकारी दिनु भयो ।
सिलगढीबाट दिपायल तर्फ जाँदै गरेको सु.प्र.प ०१००१ ज १२५९ नम्बरको यात्रुवहाक जिप र सु.प्र.प ०१०१० प ४७७४ नम्बरको मोटरसाइकल सिलगढी अदालत नजिकको घुम्तीमा एक आपसमा ठोक्किदा धौली बिष्ट सहित ६ जना घाईते भएका थिए ।
उक्त दुर्घटनामा घाईते भएका मध्य गम्भिर घाईते धौली बिष्ट र मोटरसाईकल चालक बिष्णु बोहरालाई नेपाली सेनाको हेलिकोप्टर मार्फत नेपालगन्ज मेडिकल कलेज रिफर गरिएको थियो ।
धौली बिष्टको उपचारका क्रममा मँगलबार साँझ मृत्यु भएको र अर्का घाईते मोटरसाईकल चालक दिपायल सिलगढी नगरपालिका वडा नं. ६ का ३२ बर्षिय बिष्णु बोहराको उपचार भईरहेको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ ।
प्रहरीका अनुसार सोही दुर्घटनामा परी घाइते भएका अन्य बर्ष २९ का टँककुमारी उपाध्याय, बर्ष २४ का दुर्गादेवी बिस्ट, बर्ष ४९ का जीर्ण बम र डेढ वर्षिय बालक सिर्जन बिस्टलाई एम्बुलेन्स मार्फत थप उपचारको लागि आजै नेपालगन्ज पठाइएको छ ।