जोरायललाई चिनाउन “जोरायल महोत्सब” को आयोजना गरिने

कबिराम डाँगी
जोरायल
डोटी जिल्लाको जोरायलमा आफैमा प्रसिद्ध ठाउँ हो । तर यहाँका युवाहरुले जोरायललाई थप राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरमा परिचित गराउन जोरायल महोत्सवको आयोजना गर्ने भएका छन ।
जोरायलको युनिक युथ स्पोर्ट्स क्लबले यही २०७९ चैत्र महिनाको २८ गते देखि २०८० बैशाख २ गतेसम्म जोरायल महोत्सबको आयोजना गर्न लागेको हो ।
जोरायलको पहिचान बास्मती चामल मात्र होईन । जोरायल ऐतिहासिक, धार्मिक तथा ऐतिहासिक दृष्टिकोणले, कृषि उपज, पशुपालनका दृष्टिकोणले, राजनैतिक चेतनाको दृष्टिकोणले शिक्षा तथा बिभिन्न जातजाती तथा भाषाभाषीको बिविधताका दृष्टिकोणले पनि महत्वपूर्ण पहिचान बनाएको क्षेत्र हो । त्यसैले जोरायलको पहिचान र परिचयको क्षेत्रलाई बिस्तार गर्न महोत्सबको आयोजना गर्न लागिएको क्लबका अध्यक्ष पवन शाहुले बताउनु भयो ।
“शिक्षा, स्वास्थ्य, खेलकुदको बिकास, कृषि तथा पर्यटनको प्रबद्र्धन, जोरायल महोत्सबमा कला सीप र सँस्कृतिको प्रबद्र्धन” भन्ने नाराका साथ आयोजना गर्न लागिएको जोरायल महोत्सबमा स्थानीय, क्षेत्रीय तथा राष्ट्रिय स्तरका कलाकारहरुको प्रस्तुती, कृषि तथा घरेलु उत्पादनको प्रदर्शनी तथा बिक्री बितरण, बिभिन्न निकायहरुद्वारा प्रदान गरिने सेवाको जानकारी प्रवाह, बिभिन्न खेलाडीद्वारा बिभिन्न उत्कृष्ट खेलहरु प्रदर्शन लगायतका कार्यक्रमहरु आयोजना गरिने क्लबले जनाएको छ ।
बिगतमा जोरायल क्षेत्र भनेर लक्ष्मीनगर र सरस्वतीनगर गाबिसलाई बुझिन्थ्यो । तर स्थानीय तहको पुनसँरचना गरिएपछि जोरायल गाउँपालिकामा निरौली, गड्सेरा, छतिवन र घण्टेश्वर गाबिसमा पनि समाबेश भएपछि जोरायलको पहिचान र परिचय बृहत भएको स्थानीय बासिन्दाहरु बताउछन ।
जोरायल क्षेत्रमा यसअघि २ पटक महोत्सबको आयोजना भईसकेका छन । यस बर्षको महोत्सबको तयारी अन्तिम चरणमा पुगेको आयोजना सँस्था युनिक युथ स्पोर्ट्स क्लबले जनाएको छ । महोत्सब जोरायल गाउँपालिका वडा नं. ३ रावतकट्टे जोरायल स्थित रत्न आधारभूत बिद्यालयको खेलमैदानका आयोजना गरिने छ । क्लबले महोत्सबमा सहभागि भई अवलोकन गर्न सम्पूर्ण जोरायलबासी दाजुभाई तथा दिदीबहिनीहरु, डोटी जिल्लाबासी लगायत सबै कलाकार, पत्रकार, बिभिन्न क्षेत्रका ब्यक्तित्वहरुलाई अनुरोध समेत गरेको छ ।

Leave A Reply

Your email address will not be published.