Prem

जोरायलमा जारी महोत्सबको दोश्रो दिन कलाकारहरुले तताय जोरायल

कबिराम डाँगी
जोरायल
जोरायलमा जारी जोरायल महोत्सबको दोश्रो दिन सुदूरपश्चिमका चर्चित कलाकारहरु टँक तिमिल्सिन, सौगात ओझा,  डान्सर तथा मोडेल झरना बोहरा लगायतका कलाकारहरु प्रस्तुतीका लागि आउने खबर एक कान दुई कान हुँदै भाईरल भईसकेको थियो ।
मन्चमा एक्कासी बजेको घर मेरो प्रदेश नम्बर ७ नामको डेउडा गितमा चर्चित नृत्यकार तथा मोडल झरना बोहराले आफ्नो नृत्य प्रस्तुत गर्न थालेपछि चैत महिनाको गर्मीसँगै महोत्सवको माहोल पनि तातियो । दर्शकहरुले गितमा स्वर मिलाउन थाले । कसैले कम्मर मर्काउन थाले । तालीले हुटिङ गर्न थाले ।
सुदूरपश्चिमकै चर्चित डान्सर तथा मोडेल झरना बोहराले महोत्सवमा आएका युवा–युवती, महिला तथा वृद्धलाई समेत नचाएकी थिइन । बोहराले स्टेजमा सुदूरपश्चिमका बिभिन्न डेउडा तथा लोक गितमा नृत्य गर्न थालेपछि महोत्सव अवलोकन गर्न आएकाहरू एकाएक रमाएका थिए ।
कलाकार झरना बोहराको नृत्य प्रस्तुत गरिरहँदा मन्चमा रहेका अतिथी तथा दर्शकहरुले रुचिपूर्बक अबलोकन गरेका थिए । झरना बोहरा सुदूरपश्चिमकी लोकप्रिय कलाकार, नृत्यकार तथा मोडेल पनि हुन । उनले करिब ३ सय डेउडा तथा लोकगितमा अभिनय गरिसकेकी छिन ।
त्यस्तै सुदूरपश्चिमका चर्चित कलाकार टँक तिमिल्सिनालाई मन्चमा पुग्नासाथ दर्शकहरुले तालीले हुटिङ गर्न थाले ।

“स्वर्गकी अप्सरा आज भूईंमा झरी
लजाउँदै लजाउँदै मेरै छेउमा सरी”
वोलको मेरी चम्पा बोलको गित गाउँदा दर्शकहरु टँकसँगै धित मरिन्जेल स्वरमा स्वर मिलाय, उफ्रि उफ्रि नाचे । माहोल तताउन तिमिल्सिनाले आफ्ना पुराना तथा नयाँ गीतका साथै ¥याप गित समेत प्रस्तुत गरेका थिए । जोरायल महोत्सबमा युवा माझ चर्चित कलाकार तिमिल्सिनाले आफुले स्वर दिएका बिभिन्न गितहरु गाएर दर्शकहरुलाई भरपुर मनोरन्जन दिएका थिए ।

कलाकार टँक तिमिल्सिना जस्तै युवाहरु माझ सर्बाधिक लोकप्रिय कलाकार सौगात ओझाले पनि आफ्ना प्रस्तुती मार्फत दर्शकहरुको मन जिते ।
जोरायलका स्थानीय बासिन्दा समेत रहेका चर्चित कलाकार ओझाले आफुले स्वर दिएका बिभिन्न गित गाएका थिए । महोत्सवमा उनले प्रस्तुत गरेको “हाम्रो जोरायल, राम्रो जोरायल” वोलको गित दर्शकहरुले मन पराएका थिए । गायक तथा कलाकार सौगात ओझाले आफ्ना प्रस्तुति देखाएर दर्शकलाई निकै रमाइलो गराएका थिए ।

जोरायल महोत्सबमा उद्घोषिकाका रुपमा रहनु भएकी चर्चित कलाकार, मोडेल शोभा त्रिपाठीले पनि बेला बेलामा रोचक प्रस्तुती मार्फत माहोललाई थप सँगीतमय बनाउन भूमिका निर्बाह गरेकी थिईन ।
आयोजक संस्थाका अनुसार पहिलो दिन भन्दा दोश्रो दिन महोत्सब अबलोकन गर्नेको भिड बढेको थियो । महोत्सवमा सुदूरपश्चिमका चर्चित गायक र कलाकारहरु आउने प्रचार भएपछि महोत्सव अवलोकन गर्न आउने दर्शकको सँख्या थपिँदै जान थालेको छ ।
महोत्सवको अवलोकन गर्न स्थानीयको भीड बढ्न थालेसँगै जोरायलको चनकट्टे, रावतकट्टे र सिलँगीबाग बजारमा व्यापारीहरुको कारोवार बढ्न थालेपछि ब्यापारीहरु उत्साहित भएका छन ।  जोरायल महोत्सवको तेश्रो दिन आज सुदूरपश्चिमका चर्चित कलाकारहरु गौरी भट्ट, चन्द्रदेब ओझा, बिक्रम थापा लगायतका कलाकारहरुको प्रस्तुती रहने आयोजक सँस्था युनिक युथ स्पोर्ट्स क्लबले जनाएको छ ।

Leave A Reply

Your email address will not be published.