
कबिराम डाँगी
जोरायल
जोरायलमा जारी महोत्सबको तेश्रो दिन जोरायल गाउँ पालिका वडा नं. १ घण्टेश्वरका लोकेन्द्र खत्री दिनभर धित मरिन्जेल नाचे । जोरायलमा जारी महोत्सबमा जाने निर्णय मैले दुईसाता अघि नै गरेको थिएँ । सुदूरपश्चिमकी चेली चर्चित कलाकार गौरी भट्ट आउने खबर पाएपछि आज महोत्सब हेर्न आएको हुँ, म कलाकार भट्टको फ्यान पनि हुँ लोकेन्द्र ले भने ।
यसैगरि जोरायलकी अमृता मल्ल पनि कलाकार गौरी भट्टले प्रस्तुत गरेका लोक तथा डेउडा गीतमा छमछमी नाचिन । गौरीले लोकेन्द्र र अमृतालाई मात्र होईन, महोत्सबमा मुख्य कलाकारको रुपमा आएकी गौरी आफु पनि नाचिन, दर्शकहरुलाई पनि आफुसँगै नचाईन ।
जोरायल महोत्सबमा गौरीले आफुले स्वर दिएका बिभिन्न लोक तथा डेउडा गीतहरु प्रस्तुत गरेर दर्शकहरुलाई भरपुर मनोरन्जन दिएकी थिईन । दर्शकहरुको आग्रहमा गौरीले दर्शकहरुसँगै डेउडा पनि खेलिन । गौरीले मन्चमा गीत प्रस्तुत गर्दा दर्शकहरु निकै रमाएका थिए भने उफ्री उफ्री नाचेका थिए ।
गौरी भट्ट सुदूरपश्चिममा नाम चलेकी कलाकार हुन । उनले गायका गीतहरु श्रोता तथा दर्शकहरुले निकै मन पराउछन । उनले गाएका गीतहरु मध्य मेरी ईजु, काँ धड्किन्छै मुटु, मैना चणी भन्त, मायाले दिएकी रुमाल, आईज मैना मेरा हुम्ला लगायत दर्जनौं चर्चित गीतमा स्वर दिईसकेकी छिन ।
यसै गरि जोरायल महोत्सबको तेश्रो दिन गौरी भट्ट सँगै कलाकार प्रेमदिवस चन्द, लक्ष्मी ओली लगायतका कलाकारहरुले पनि आफ्नो प्रस्तुती मार्फत दर्शकहरुलाई मनोरन्जन दिएका थिए ।
आयोजक संस्था युनिक युथ स्पोर्ट्स क्लबले महोत्सवमा चर्चित गायक र कलाकारहरु आमन्त्रण गर्न थालेपछि अमहोत्सव अवलोकन गर्न आउने दर्शकको सँख्या थपिँदै जान थालेको छ ।