कबिराम डाँगी
जोरायल, डोटी
“गाई गयो गो¥याठ्ठी, बल्ल गयो वाटाई बाटा
डोटीकी छोर्याठ्ठी, अछाम लैजादो भयाँ”
जोरायलमा जारी जोरायल महोत्सबको चौथो दिन शुक्रबार मन्चमा डेउडा गीत घन्की रहेको थियो । गीत बजिरहेको बेला एकजना पुरुष लट्ठी टेकेर मन्चमा आई पुगे । दर्शकहरुलाई मन्चमा रहेका ब्यक्तिहरु ठम्याउन कुनै गाह्रो भएन । ति ब्यक्ति थिए म्युजिक भिडियोमा सधैं देखिरहेका अछामी बड्डाको रुपमा परिचित सुदूरपश्चिमका लोकप्रिय कलाकार लालबहादुर धामी ।
जोरायल महोत्सबमा अछामी बड्डाको रुपमा परिचय बनाएका धामीले दर्शकहरुलाई भरपुर मनोरन्जन दिए । महोत्सबका दर्शकहरुसँगै धामीले डेउडा खेले । दर्शकहरुले धामीको प्रस्तुती निकै रुचि पूर्बक सुन्नुका साथै अबलोकन गरेका थिए ।
अछामी बड्डाका गीतहरु निकै लोकप्रिय छन । आफुपनि अछामी बड्डाका गीतहरु जति सुनेपनि धित मर्दैन । जोरायल महोत्सबमा कलाकार लालबहादुर धामी आउने सुनेपछि उनको प्रस्तुती हेर्न महोत्सब आएको चनकट्टेका व्यापारी घनश्याम ओलीले बताए ।
यसै गरि महोत्सब हेर्न आएकी सुजाता सिजालीको धारणा पनि ओलीको जस्तै थियो । कलाकार अछामी बड्डाका दर्जनौं गीत सुने पनि आज पहिलो पटक प्रत्यक्ष देखेको सिजालीको भनाई थियो ।
धामीले आफुले स्वर दिएका दर्जनौं लोक तथा डेउडा गीतहरु प्रस्तुत गरेका थिए । धामीले स्वर दिएका यो अछामी बड्डो, डोटीकि छोर्याट्ठी, प्यारो अछाम, यो बड्डो आईगयो,नम्बरी खेलाडी लगायत दर्जनौं गीत श्रोताहरु माझ लोकप्रिय छन ।
यसै गरि जोरायल महोत्सबको चौथो दिनमा जोरायलका स्थानीय कलाकार झलक पालीले पनि बिभिन्न गीतहरु प्रस्तुत गरेका थिए । जोरायल महोत्सबमा उद्घोषक रहेकी चर्चित कलाकार तथा मोडेल शोभा त्रिपाठीले बेला बेलामा नियमित रुपमा आफ्नो प्रस्तुती मार्फत दर्शकहरुलाई मनोरन्जन दिई रहनु भएको छ ।
युनिक युथ स्पोर्ट्स क्लब जोरायलद्वारा आयोजना गरिएको जोरायल महोत्सब बैशाख २ गते समापन हुने क्लबले जनाएको छ । महोत्सबको अन्तिम दिन तथा समापन कार्यक्रममा युवाहरु माझ लोकप्रिय कलाकार चक्र बम आउने कार्यक्रम रहेको क्लबले जनाएको छ ।