कबिराम डाँगी
जोरायल, डोटी
जोरायल गाउँ पालिकाका अध्यक्ष दुर्गादत्त ओझाले जोरायल महोत्सबले ग्रामीण पर्यटनको बिकासमा सहयोग पुर्याएको धारणा ब्यक्त गर्नु भएको छ ।
जोरायलमा जारी महोत्सबको शनिबार समापन गर्दै अध्यक्ष ओझाले ग्रामीण क्षेत्रमा महोत्सब आयोजना गर्नु चुनौतीपूर्ण रहेपनि जोरायलका युवाहरुको पहलमा सफल भएको बताउनु भयो ।
सम्बृद्ध जोरायल निर्माणको लागि स्थानीय स्तरमा कला, सँस्कृति, कृषि पर्यटनको बिकास मार्फत ग्रामीण पर्यटनको बिकास गर्नु पर्ने कुरामा अध्यक्ष ओझाले जोड दिनु भयो ।
महोत्सब आयोजक सँस्था युनिक युथ स्पोर्ट्स क्लबका अध्यक्ष पवनकुमार शाहुको अध्यक्षता तथा चर्चित कलाकार तथा मोडेल शोभा त्रिपाठीको सन्चालनमा सम्पन्न समापन समारोहमा अध्यक्ष ओझाले जोरायल महोत्सबलाई आगामी दिनमा अझ ब्यवस्थित गर्दै निरन्तरता दिनका लागि जोरायल गाउँपालिकाले आबश्यक सहयोग सहयोग गर्ने प्रतिबद्धता ब्यक्त गर्नु भयो ।
यसैगरि जोरायल गाउँपालिकाका उपाध्यक्ष जमूनाकुमारी बोहराले जोरायल महोत्सबले स्थानीय कला सँस्कृतिको प्रबद्र्धन गरेको बताउनु भयो ।
उपाध्यक्ष बोहराले जोरायल महोत्सबलाई आगामी दिनमा पनि निरन्तरता दिनु पर्ने कुरामा जोड दिदै महोत्सबले जोरायलको पहिचान बिस्तार गर्नमा सहयोग गर्नु पर्ने कुरामा जोड दिनु भयो । स्थानीय सँस्कृतिको पहिचान, सँरक्षण तथा सम्बद्र्धन, स्थानीय स्तरमा दक्ष कलाकार उत्पादन, स्थानीय स्तरमा कृषि उत्पादन तथा पर्यटन प्रबद्र्धन गर्नु पर्ने कुरामा उपाध्यक्ष बोहराको जोड थियो ।
यसैगरि वडा नं. २ का वडा अध्यक्ष बिरबहादुर दर्लामीले जोरायल गाउँ पालिका क्षेत्रमा रहेका धार्मिक, ऐतिहासिक तथा पर्यटकीय स्थलहरुको सँरक्षण तथा प्रचार प्रसार गर्न सके आन्तरिक तथा बाह््य पर्यटकहरुलाई जोरायल भित्र्याउन सकिने धारणा ब्यक्त गर्नु भयो । वडा अध्यक्ष दर्लामीले सम्बृद्ध जोरायल निर्माणको लागि हरेक क्षेत्रमा युवा सहभागिताको खाँचो औंल्याउनु भयो । समापन कार्यक्रममा बिभिन्न कलाकारहरु, महोत्सबमा सहयोग गर्ने बिभिन्न ब्यक्ति तथा सँस्थाहरुलाई कदर पत्र प्रदान गरिएको थियो ।