Prem

स्थानीय मिडियाको प्रबर्द्धनको लागि नेपाल पत्रकार महासँघ डोटीले सरोकारवालासँग छलफल गर्ने

घण्टेश्वर अनलाईन
सिलगढी
नेपाल पत्रकार महासँघ डोटीले स्थानीय स्तरमा सन्चार माध्यमको प्रबर्द्धनको लागि सरोकारवालासँग छलफल गर्ने भएको छ ।
स्थानीय स्तरमा रहेका सन्चार माध्यमको नियमितता र गुणस्तरीयता कायम गर्नको लागि सहयोग पुर्याउने उद्देश्यले छलफल गर्न थालिएको महासँघका अध्यक्ष मोहन शाहीले बताउनु भयो ।
स्थानीय स्तरमा मिडियाको प्रबर्द्धनको लागि महासँघले स्थानीय सञ्चार माध्यम प्रबर्द्धन कार्यक्रम कार्यान्वयन कार्यविधि २०७९ को मस्यौदा समेत तयार गरेको छ । उक्त कार्यबिधिको वारेमा सरोकारवाला निकायसँग छलफल गरि कार्यान्वयनको वातावरण निर्माण गरिने महासँघ डोटी शाखाले जनाएको छ ।
यसै सन्दर्भमा नेपाल पत्रकार महासँघ डोटी शाखाले स्थानीय तहका लागि तयार गरेको मस्यौदा कार्यबिधिको वारेमा मङ्गलवार दिपायल सिलगढी नगरपालिकाको सभाकक्षमा स्थानीय तहका प्रमुख तथा उपप्रमुखसँग छलफल गरेको छ ।
छलफल कार्यक्रममा सहभागि स्थानीय तहका प्रमुख तथा उप प्रमुखहरुले डोटीको पत्रकारिताको प्रबर्द्धनको लागि स्थानीय तहको तर्फबाट पूर्ण सहयोग गर्ने प्रतिबद्धता जनाएका थिए । कार्यक्रममा महासँघले तयार गरेको मस्यौदा कार्यबिधिको वारेमा छलफल गर्नुका साथै सुझाव सँकलन गरिएको थियो ।
यस अघि मिडियाको प्रबर्द्धनको लागि कुनै योजना नहुँदा धेरै मिडियोहरु बन्द हुनुका साथै अनियमित हुँदै आएका छन । कार्यबिधि कार्यान्वयनमा आएपछि पहुँच र चाकडीका भरमा मिडियालाई बिज्ञापन उपलब्ध गराउने परिपाटीको अन्त्य हुने डोटीका पत्रकारहरु बताउछन ।
स्थानीय पत्रकारहरुका अनुसार बिगतमा असार मसान्तमा कामै नगरी अनधिकृत रूपमा भुक्तानी माग गर्ने, सार्बजनिक निकायका कतिपय व्यक्तिहरुले कमिशन दिएर मिडियाको बिल किन्ने, राजनैतिक आस्थाका आधारमा मिडियालाई बिज्ञापन उपलब्ध गराउने र कमिशनको लागि जिल्ला बाहिरका सन्चार माध्यमलाई बिज्ञापन दिने प्रबृत्ति कायम रहेको थियो ।

Leave A Reply

Your email address will not be published.