एमालेको जिल्ला अधिबेशन शुक्रबार देशभर एकैसाथ उद्घाटन हुने

जिल्ला कमिटीको पदाधिकारी र सदस्य बन्न एमालेले बनायो मादण्ड

घण्टेश्वर अनलाईन, काठमाण्डौं
नेकपा एमालेले शुक्रबार देशभर एकैसाथ हुन लागेका जिल्ला अधिवेशनमा नेतृत्वको लागि मापदण्ड जारी गरेको छ । जिल्ला कमिटीको पदाधिकारी सदस्य बन्नका लागि उम्मेदवार बन्नेका लागि सो पार्टीको सँगठन बिभागले आबश्यक मापदण्ड बनाएर जिल्ला तहमा पठाएको छ ।
नेकपा एमाले सँगठन बिभाग प्रमुख खगराज अधिकारीद्धारा जारी मापदण्ड अनुसार एमालेको जिल्ला कमिटी अध्यक्षसहित पदाधिकारी हुनका लागि कम्तीमा दुई कार्यकाल जिल्ला कमिटीमा काम गरिसकेको वा एक कार्यकाल सचिवालय सदस्य भएको हुनुपर्नेछ ।
त्यस्तै जिल्ला कमिटी सदस्य बन्न जिल्ला विभाग वा एक तह मुनिको कमिटीमा एक कार्यकाल पूरा गरेको हुनुपर्ने मापदण्ड बनाइएको छ ।
पार्टीको विधान र नियमावलीअनुसार जिल्ला कमिटीसम्बन्धी मापदण्ड बनाएको सो पार्टीले जनाएको छ । यो मापदण्डले कतिपय उम्मेदवार घोषणा गरिसकेकाहरूलाई प्रभावित पार्ने देखिएको छ ।
भर्खर पार्टीमा लागेकाहरू तथा पदाधिकारीका दाबेदार बनेर पैसाको बलमा चुनाव जित्ने अवस्था बनेपछि मापदण्डमा कडाइ गरिएको हो । संगठन विभागबाट गरिएको प्रस्ताव सचिवालयले पास गरी तलसम्म पठाएको छ ।

Leave A Reply

Your email address will not be published.