सुदूरपश्चिममा खल्तीबाट आएका योजना छनौट गर्ने परिपाटी पूर्ण रुपमा बन्द हुन्छ ः मुख्यमन्त्री कमल शाह

All time tax

घण्टेश्वर अनलाईन
दिपायल
सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले सुदूरपश्चिम सरकारले आगामी बर्षको लागि ल्याउन लागेको बजेटमा खल्तीबाट आएका योजनालाई प्राथमिकता नदिईने बताउनु भएको छ ।
नेपाल प्रेस युनियन डोटी शाखाद्वारा आईतबार दिपायलमा आयोजना गरिएको पत्रकार सम्मेलनमा बोल्दै मुख्यमन्त्री शाहल खल्तीबाट आएका योजनाले जनताको वास्तबिक समस्यालाई सम्बोधन नगर्ने भएकाले स्थानीय तहले सिफारिस गरि पठाएका योजनालाई मात्र समेटिने बताउनु भयो ।
पत्रकारद्वारा सोधिएको एक प्रश्नमा मुख्यमन्त्री शाहले अघिल्लो सरकारले सन्चालन गरेका प्रदेशका गौरबका योजनाहरुलाई समिक्षा गरेर सम्पन्न गर्नका लागि बजेटको व्यवस्था गरिने बताउनु भयो । सुदूरपश्चिम प्रदेश सरकारले बजेट निर्माण अघि स्थानीय तह, बिज्ञहरुसँग अन्तरकृया छलफल गरेको जानकारी दिदै मुख्यमन्त्री शाहले प्राप्त सुझावको आधारमा आगामी बजेट निर्माण गर्दा कृषि तथा पर्यटन बिकासलाई प्रमुख प्राथमिकता सूचिमा राखिने जानकारी दिनु भयो । कतिपय अवस्थामा ३ वटै सरकारका बिचमा समन्वय अभाव भएको महसुस हुन थालेकोले सुदूरपश्चिमको बिकासको लागि ३ वटै सरकारकामा प्रभावकारी समन्वय हुनु पर्ने मुख्यमन्त्री शाहको जोड थियो
सुदूरपश्चिम प्रदेश बिकासका हरेक दृष्टिकोणबाट पछाडी रहेकाले केन्द्रीय सरकारले बजेट निर्माण गर्दा सबै प्रदेशलाई एउटै बास्केटमा राख्दा सुदूरपश्चिम प्रदेशलाई अन्याय हुन्छ । सुदूरपश्चिम प्रदेश सरकारको तर्फबाट प्रधानमन्त्री, अर्थमन्त्री, राष्ट्रिय योजना आयोग, बित्त आयोग लगायतका निकायलाई भेटेर ध्यानाकर्षण गरिएको मुख्यमन्त्री शाहले जानकारी दिनु भयो ।

उक्त पत्रकार सम्मेलन नेपाल प्रेस युनियन डोटीका अध्यक्ष प्रकाश बमको अध्यक्षता तथा सचिब पवन महराको सन्चालनमा सम्पन्न भएको थियो ।

  

 

 

Leave A Reply

Your email address will not be published.