डोटीका प्रमुख जिल्ला अधिकारी कल्पना श्रेष्ठको सरुवा ः डोटीमा गोपालप्रसाद अर्याल आउने

घण्टेश्वर अनलाईन
सिलगढी
गृह मन्त्रालयले डोटीको प्रमुख जिल्ला अधिकारीमा गोपालप्रसाद अर्याललाई पठाएको छ । मन्त्रालयले शुक्रबार गरेको केही जिल्लाका प्रमुख जिल्ला अधिकारीसहित गृह मन्त्रालयका एक दर्जन अधिकारीको सरुवा गर्ने क्रममा अर्याललाई डोटीमा सरुवा गरेको हो । यसअघि गोपालप्रसाद अर्याल कन्चनपुर जिल्लाको प्रमुख जिल्ला अधिकारी थिए ।
यसै गरि डोटीका प्रमुख जिल्ला अधिकारी कल्पना श्रेष्ठलाई जिल्ला प्रशासन कार्यालय नवलपरासी पूर्व पठाएको छ । अवधि पनि पुगेको र सुगम तथा दुर्गम हेरेर प्रमुख जिल्ला अधिकारी तथा अधिकारीहरुको सरुवा तथा पदस्थापन गरिएको मन्त्रालयले जनाएको छ ।
गृह मन्त्रालयले शुक्रबार बिभिन्न जिल्लाका प्रमुख जिल्ला अधिकारी सहित गृहका १२ अधिकारीको सरुवा तथा पदस्थापन गरेको हो ।

Leave A Reply

Your email address will not be published.