क्यालिफोर्नियाको लस एन्जल्स शहरमा “नेपाल डे परेड” को भब्य तयारी

रोशन अधिकारी
क्यालिफोर्निया, अमेरिका
क्यालिफोर्नियाको लस एन्जल्स स्थित हलिउड शहरमा जून २५ मा आयोजना हुने नेपाल डे परेडको तयारी अन्तिम तयारी पुरा भएको छ । आयोजक सँस्था हामी नेपाली ग्लोबल युएसएले मँगलबार जूम मार्फत पत्रकार सम्मेलनको आयोजना गरिे नेपाल फेस्टिभल कार्यक्रमको भब्य तयारी भईरहेको जनाएको छ ।
पत्रकार सम्मेलनमा दिईएको जानकारी अनुसार नेपाल महोत्सबको अवसरमा जून २५ मा कम्तीमा १.९ माईल दूरीमा परेड कार्यक्रम हुने छ । परेड कार्यक्रममा नेपालमा बिभिन्न जातजातीका सँस्कृति र पहिचान झल्किने भेष भुषा र सँस्कृति प्रदर्शन गरिने छ ।
यो नेपाल चिनाउने कार्यक्रम हो । नेपाल डे परेड कार्यक्रम नेपाली समुदायको साझा कार्यक्रम भएकाले तयारीमा कुनै कमि हुन नदिन बिभिन्न समिति निर्माण गरेर कार्य बिभाजन गरिएको छ, हामी नेपाली ग्लोवल क्यालिफोर्नियाका अध्यक्ष मदन पाण्डेले जानकारी दिनु भयो ।
नेपाल डे परेड कार्यक्रमको मुख्य आकर्षण भनेको नेपाली पन्चे तथा लोक बाजा, कुमारी, राधाकृष्ण, पन्च कन्या, बिभिन्न समुदायका झाँकीहरु तथा नेपाली खानाका परिकारहरु रहेको आयोजक सँस्थाले जनाएको छ । उक्त अवसरमा नेपालको पर्यटन प्रबद्र्धन गर्न बिभिन्न धार्मिक, ऐतिहासिक तथा पर्यटकीय स्थलहरुको पोस्टर तथा फोटोहरु प्रदर्शन गरिने बताईएको छ ।
उक्त पत्रकार सम्मेलनमा बोल्दै क्यालिफोर्निया स्थित नेपाल सरकारका महाबाणिज्य दूत ऋषि ढकालले यो नेपाल र नेपाली समुदायको साझा कार्यक्रम भएकाले सबैले आ आफ्नो क्षेत्रबाट सहयोग गर्नु पर्ने बिचार व्यक्त गर्नु भयो । प्रवासमा नेपाली पहिचान ठूलो कुरा हो । त्यसैले नेपाल महोत्सव सफल बनाउन सबैले आ आफ्नो क्षेत्रबाट सहयोग र भौतिक रुपमा सहभातिाको लागि ढकालको आग्रह थियो ।
नेपाल अमेरिका पत्रकार सँघ (नेजा) को व्यवस्थापन र सहजिकरणमा आयोजना गरिएको पत्रकार सम्मेलनमा पत्रकारहरुले सोधेका नेपाल महोत्सबसँग सम्बन्धित बिभिन्न जिज्ञासाको जवाफ हामी नेपाली ग्लोवल अमेरिका तथा क्यालिफोर्निया च्याप्टरका पदाधिकारीहरुले जवाफ दिनु भएको थियो ।

Leave A Reply

Your email address will not be published.