क्यालिफोर्नियाको लस एन्जल्स शहरमा “नेपाल महोत्सब” भव्य रुपमा सम्पन्न

All time tax

घण्टेश्वर अनलाईन
लस एन्जल्स, क्यालिफोर्निया
क्यालिफोर्नियाको लस एन्जल्स शहरमा बसोवास गर्ने नेपाली समुदायले आज भब्य कार्यक्रमको आयोजना गरि नेपाल महोत्सब सम्पन्न गरेका छन ।
प्रवासमा नेपाल र नेपाली सँस्कृतिलाई चिनाउने उद्देश्यले आयोजना गरिएको नेपाल उत्सव कार्यक्रममा सयौ प्रवासी नेपालीहरुको सहभागिता रहेको थियो ।
नेपाली पहिचान झल्किने गरि विविध भेषभुषा तथा सँस्कृति झल्किने पोशाकमा १९ माईल परेड गरिएको आयोजक सँस्था हामी नेपाली ग्लोवलका उपाध्यक्ष टेक वाईवा लामाले जानकारी दिनुभयो ।
उपाध्यक्ष लामाका अनुसार नेपाल डे परेड कार्यक्रममा लोक तथा पन्चे वाजा, कुमारी, राधाकृष्ण, पन्चकन्या तथा नेपाली परिकारको रुपमा मो.मो तथा चाउमिन प्रमुख आकर्षणको रुपमा रहेका थिए । कार्यक्रममा लस एन्जल्स शहरका अतिरिक्त आसपासका क्षेत्रबाट पनि नेपाली समुदायको उल्लेख्य सहभागिता रहेको हामी नेपाली ग्लोबलले जनाएको छ ।
कार्यक्रममा नेपालको ऐतिहासिक, धार्मिक तथा पर्यटकीय स्थल झल्किने बिभिन्न फोटो पनि प्रर्दशन गरिएको थियो ।
यो अमेरिकामा नेपाल चिनाउने कार्यक्रम हो । नेपाल महोत्सब कार्यक्रमपछि नेपालको पर्यटन प्रवद्र्धन भई नेपाली उत्पादनको विश्व बजारिकरण गर्नमा टेवा पुग्ने क्यालिफोर्निया स्थित नेपाली समुदायले अपेक्षा गरिएको छ ।

Leave A Reply

Your email address will not be published.