Prem

टेक्सासको अस्टिनमा आजबाट ग्रीष्मकालिन नेपाली पाठशाला शुरु

घण्टेश्वर अनलाईन
अस्टिन, टेक्सास
टेक्सासको राजधानी अस्टिनमा आजबाट ग्रीष्मकालिन नेपाली पाठशाला शुरु भएको छ । अमेरिकामा जन्मेका र हुर्केका नेपाली वालवालिकाहरुलाई नेपाल र नेपाली भाषा सम्बन्धि आधारभूत जानकारी दिने उद्देश्यले ग्रीष्मकालिन नेपाली पाठशाला सन्चालन गरिएको हो ।
ग्रेटर अस्टिन नेपाली समाज अस्टिनद्वारा सन्चालन गरिएको उक्त पाठशाला हरेक साताको दुईदिन मंगलवार र विहीवार बेलुकी साँझ ६ः४५ बजे देखि ७ः४५ बजेसम्म जुम (अनलाईन) माध्यमबाट सन्चालन हुने समाजका अध्यक्ष भोजराज भट्टले जानकारी दिनु भयो ।
अध्यक्ष भट्टका अनुसार ग्रीष्मकालिन नेपाली पाठशाला नेपालबाट नेपाली विषयका एक जना पुरुष र एक जना महिला गरि शिक्षकले पढाउने छन भने अस्टिनबाट विद्यार्थीहरु जूमबाट सहभागि हुने छन । उक्त पाठशाला सन्चालनका क्रममा ग्रेटर अस्टिन नेपाली समाज (ग्यान्स) का स्वयँसेवक शिक्षकहरुले पनि सहयोग गर्ने छन ।
ग्रीष्मकालिन नेपाली पाठशालामा नेपाली भाषा, अक्षर चिन्न र पढ्न र लेख्न, नेपाली सँस्कृतिको वारेमा आधारभूत जानकारी दिईने छ । यो अमेरिकामा जन्मेका र हुर्केका बालबालिकाहरुलाई नेपालसँग जोड्ने अभियान हो । ग्रीष्मकालिन नेपाली पाठशालाको प्रभावकारिताको आधारमा निरन्तरता दिईने ग्रेटर अस्टिन नेपाली समाज (ग्यान्स)का अध्यक्ष भोजराज भट्टले बताउनु भयो ।
ग्रीष्मकालिन नेपाली पाठशालामा आफ्ना वालवालिकाहरुलाई भर्ना गरि कक्षामा सहभागि गराउन ग्रेटर अस्टिन नेपाली समाज (ग्यान्स)ले अभिभावकहरुमा सार्बजनिक रुपमा आह्वान समेत गरेको छ ।

Leave A Reply

Your email address will not be published.