घण्टेश्वर अनलाईन
काठमाण्डौं
नेपालको ग्रामीण क्षेत्रमा बित्तिय सेवा पुर्याईरहेका लघुबित्त बित्तिय सँस्थाहरु आन्दोलित हुने भएका छन । मनिराम ज्ञवाली सहितका व्यक्तिहरुको नेतृत्वमा भएको ऋण नतिर्ने अभियान नरोकिएपछि लघुवित्त वित्तीय संस्थाहरु आन्दोलनमा उत्रिने निर्णय गरेका हुन ।
लघु बित्त बित्तिय सँस्थाहरुले नेपालका बिकट क्षेत्रमा गएर बित्तिय सेवा पुर्याईरहेका छन तर सँस्थागतरुपमा नै ऋण नतिर्ने अभियान बढ्न थालेपछि आन्दोलनको बिकल्प नरहेको लघुवित्तका सीईओहरुको छाता संगठन लघुवित्त बैंकर्स संघ नेपालका कार्यबहाक अध्यक्ष मिन बोहराले बताउनु भयो ।
अध्यक्ष बोहराका अनुसार आन्दोलनको पहिलो चरणमा नेपालमा पछिल्लो समय लघुवित्तविरोधी अभियानले पारेको प्रभावको बारेमा नेपाल सरकारलाई जानकारी गराउन लघुवित्त बित्तिय सँस्थाहरुले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र देशभरिका प्रमुख जिल्ला अधिकारीहरुलाई ज्ञापनपत्र बुझाउने तयारी भईरहेको छ ।
अहिले लघुबित्त सँस्थाहरुबाट लिएको ऋण नतिर्ने अभियानमा सँलग्न भएका ब्यक्तिहरु लघु बित्त सँस्थाको कार्यालयमा पुगेर कर्मचारीमाथि हातपात गर्ने, धम्क्याउने गर्न थालेपछि असुरक्षा महसुस भएको छ । लघुवित्त विरोधी अभियान नरोकिए तथा असुरक्षा कायमै रहे लघुवित्तमा आबद्ध ६० लाख सदस्यहरुलाई सडकमा उतार्छौ’ बोहराले भने ।
हाल सञ्चालनमा रहेका ६२ लघुवित्तमा करिब ६० लाख ८८ हजार सदस्य छन् । यी मध्ये ऋणीको संख्या ३२ लाख ६० हजार छन् । पछिल्लो समय ३२ लाख ६० हजार ऋणीमध्ये कर्जा नतिरेर भाखा नाघेको संख्या ६ लाख ४१ हजार पुगेको लघुवित्त बैंकर्स संघले जनाएको छ ।
६२ वटा लघुवित्तले अहिलेसम्म ४ खर्ब ५१ अर्ब लगानी गरेका छन् । जसमध्ये २१२ अर्ब रुपैयाँ लघुवित्तमा आवद्ध सदस्यहरुको निक्षेपको पैसा हो भने २२६ अर्ब रुपैयाँ लघुवित्तहरुले बैंकहरुबाट कर्जा सापटी लिएको पैसा भएको बताईएको छ ।
ऋण नतिर्ने आन्दोलनमा लागेका ५÷७ सय जनाका कारण ६० लाख सदस्यको २१२ अर्ब रुपैयाँ र बैंकहरुको २२६ अर्ब रुपैयाँ पनि जोखिममा परेको लघुवित्त बैंकर्स संघका महासचिव रामबहादुर यादवले बताए ।